महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास « Khabarhub

महाराजले श्रीमतीलाई महारानी बनाउनुपर्छ : श्रीनिवास


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले शीतलकृष्ण महाराजले श्रीमतीलाई अन्याय गरेको आरोप लगाएका छन् । हिन्दु धर्मशास्त्रमा डिभोर्सको बारेमा कतै चर्चा नभएको भन्दै धर्मगुरुले नै डिभोर्सको लागि श्रीमतीलाई बाध्य पार्नु अपराध भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आचार्यले धार्मिक गुरु महाराजले आफ्नी श्रीमतीलाई पनि महारानी बनाउन अपिल गरेका छन् । 

उनले भनेका छन्शितलकृष्णलाई पटक–पटक सम्झाएको हो । प्रभु हामी धर्मगुरुहरूले हिंसा गरेको कुराहरू बाहिर आयो भने हाम्रो अस्तित्व रहँदैन । तपाइले श्रीमती के कारणले छोड्दै हुनुहुन्छ ? के कारणले डिभोर्स दिँदै हुनुहुन्छ भनेर सोध्दा उहाँले श्रीमतिसँग उपासना पद्धति मिलेन बुबाआमासँग राम्रो व्यवहार भएन । मलाई इच्छा लागेन म डिभोर्स चाहन्छु । 

डिभोर्स भन्ने शब्द हाम्रो धर्मशास्त्रमा छ ? यो क्रिश्चियन पश्चिमाको नीति हो । आज गुरुहरूले डिभोर्स गर्ने कस्तो दिन आयो ।
धर्मशास्त्रको मर्यादा अनुसार सात जुनी सँगै बस्छु साथ दिन्छु भनेर अग्निसमक्ष सपथ खाने हो । उसका बुबाआमाबाट कन्यादान लिएर आएका हौ । 

कसैको छोरीलाई ल्याएर , दुई/चार वर्ष राखेर , मन भरिएपछि , व्यवहार नमिलेपछि चटक्कै छोड्न पाइन्छ ? अदालतमा केही सम्पत्ति नभएको ऋण देखाएर मुद्दा दर्ता गरेका छन् । उसको भविष्य सुनिश्चित गर्दिन पर्दैन ? मेरो बहिनी भएको भए के गर्ने ? महाराज बनेर हिड्ने आफ्नो श्रीमतीलाई महारानी बनाउन पर्दैन ? उनले आँसु देखाएर बोलिन् भन्दैमा उनी गतल हुन् ? मिडियामा आउँदा डाको छोडेर रुनैपर्छ ? कतिपय धर्मगुरुले नै फसाउन खोजेको भनेर ति पीडितलाई गाली गरेका छन् । 

बिहे गरेर श्रीमतीलाई खुसी दिन सकिदैन भने साधु बनेर बस्नुपर्छ । जोगी बनेर बस्नुपर्छ । लगौटी दरो गरेर साधना गरेर बस्ने हो ।
उसले अनैतिक सम्बन्ध राख्दै हिँडेका छन् । श्रीमतीलाई भने नमान्दा नमान्दै पनि गर्भपतन गराउन बाध्य पारेका छन् । व्यवहार मिल्दा श्रीमानले भनेको कुरा श्रीमतीले मान्नै पर्यो । 

साउन महिनादेखि उनले खर्च नभएको बताएकी छन् । न्याय माग्न कहाँ जाउँ ? आत्महत्या गर्नुभन्दा बाहेक उपाय रहेन भन्दा हामीले सम्झाएका छौ । शितलकृष्णलाई पनि सम्झाएका हौ । सबै धर्मगुरुले डिभोर्स गरेमा हामी बहिष्कार गर्छौ भनेका थियौ । तर उहाँले कुरा सुन्नुभएन

धर्मगुरुले जे मन लाग्यो त्यही गर्दै हिड्ने ? मात्तिने ? मैले गल्ती गरे मेरो पनि पाता कस्नुस् । धर्म पेशा हो ? व्यासपिठको मर्यादा छैन ? तपाई सुध्रिनुस् , तपाइको दासी भएर सेवा गर्छु । 

व्यासमा जानेबेला श्रीमानको पाउमा चप्पल छैन भने उनी आफू पनि लगाउथिनन् । श्रीमानले नखादाँसम्म भोकै बस्ने नानी हुन् तिनी । मोर्डन भइन रे । आधुनिक शिक्षा पढेकी केटी र आफू संस्कृत पढेको उपासना मिलेन । 

बिहे गर्नेबेला आखाँ फुटेको थियो । छोरी मान्छेको जीवन निकै संवेदनशील हुन्छ । एकपटक घरबार गरेपछि अर्को घरबार गर्न गाह्रो हुन्छ । उसलाई जीवन जिउन गाह्रो हुन्छ । पुरुषले जतिपनि महारानी पाउँछ । नारीको जिन्दगी पेन्डुलम बनाउनु यही हो धर्म ?

शितलकृष्णको बहिनीलाई कसैले त्यस्तो व्यवहार गरे चुप लागेर बस्नुहुन्छ । बिहे गरेर ३ ४ वर्ष राखेर छोड्न पाइन्छ । तपाईंको प्रवचन केही मानिसहरूले मन पराए भन्दैमा अन्धो हुने । 

धर्म र गाईको रक्षाको लागि जेल नेल भोगेर हामी मरिरहेका छौ । तपाई धर्ममाथि खेलवाड गर्ने सबैले बहिष्कार गरेपनि अन्याय सहन्न । त्यो नारी तपाईंको र मेरो पनि चेली हो । शितलकृष्ण दाजुभाइ हुन् तर गल्ती यसपटक उनले गरेका छन् । 

उनी हाम्रो शरणमा न्यायका लागि पहिलेदेखि आएकी हुन् । मिडिया कहिले आउँछ भन्ने मात्र थियो । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : १० बजे

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको