साझा संकल्प : सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध « Khabarhub

साझा संकल्प : सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी व्यवस्था गर्ने उल्लेख छ ।

‘दिगो शान्ति प्रक्रियाका पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्नुपर्छ’, न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा भनिएको छ, ‘सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व सिर्जित पीडाको सम्बोधन गर्नुपर्छ ।’

सरकाले द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने जनाएको छ । साथै, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य सम्पन्न गर्नेसमेत सरकारले जनाएको छ ।

सरकारको उक्त योजनामा तराई–मधेसलगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढङ्गले बन्दी बनाइकालाई सरकार र आन्दोलनकारीबीच भएका सम्झौताअनुरूप कानुनसम्मत ढङ्गले रिहाइ गर्नेसमेत योजना अघि सारेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ३७ बजे

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ