लोसपाको केन्द्रीय समिति बैठक बर्दिबासमा सुरु « Khabarhub

लोसपाको केन्द्रीय समिति बैठक बर्दिबासमा सुरु


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिबासमा प्रारम्भ भएको छ ।

नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रीय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ ।

सबै नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रवक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा केन्द्रिय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन । ‘केन्द्रिय पदाधिकारीका ६४ जना भने सबै सहभागी भएका छन,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमूलक हुने विश्वास गरिएको छ ।’

बरिष्ठ उपाध्यक्ष समेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गरेका छन भने बरिष्ठ स-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित भएका छन ।

यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम विधान बमोजिम गठन भएका २५ वटा भात्रृ संगठन र शुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन । अन्य संगठनहरू विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामती कर्मचारी संघको विषय भने छलफलको लागि अगाडि सारिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ५१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको