लोसपाको केन्द्रीय समिति बैठक बर्दिबासमा सुरु « Khabarhub

लोसपाको केन्द्रीय समिति बैठक बर्दिबासमा सुरु


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिबासमा प्रारम्भ भएको छ ।

नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रीय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ ।

सबै नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रवक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा केन्द्रिय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन । ‘केन्द्रिय पदाधिकारीका ६४ जना भने सबै सहभागी भएका छन,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमूलक हुने विश्वास गरिएको छ ।’

बरिष्ठ उपाध्यक्ष समेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन पेश गरेका छन भने बरिष्ठ स-अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित भएका छन ।

यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम विधान बमोजिम गठन भएका २५ वटा भात्रृ संगठन र शुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन । अन्य संगठनहरू विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामती कर्मचारी संघको विषय भने छलफलको लागि अगाडि सारिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : ५१ बजे

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको