बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला « Khabarhub

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश दिएको छ । 

विदेश मन्त्रालयको पत्र अनुसार उनीहरूले विध्वंसक गतिविधि गरेको आरोप लगाउँदै ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको हो ।

बुर्किना फासोको सरकारले निष्कासित कूटनीतिज्ञहरू विरुद्ध लगाइएको आरोपको थप विवरण प्रदान गरेको छैन । तर, उसले ग्वेनेले हबुजिट, हर्भ फोर्नियर र गुइलाउम रेसाचर नाम गरेका फ्रान्सेली कुटनीतिज्ञलाई ४८ घन्टा भित्र देश छाडन आदेश दिएको हो ।

सो देशका नागरिक समाजका नेताहरूसँग गरेको बैठक पछि सरकारले उनीहरूलाई निष्कासन गर्ने निर्णय लिएको बताइएको छ । फ्रान्सले बिहीबार यस कदमको निन्दा गरेको छ।

‘बुर्किनाबे अधिकारीहरूको निर्णयको लागि कुनै वैध आधारहरू थिएनन्। हामी यसको निन्दा मात्र गर्न सक्छौँ,’ फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले भने। उनले तीनै जना विरुद्धको आरोप निराधार भएको बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ३५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको