बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला | Khabarhub Khabarhub

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

अफ्रिकाबुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश दिएको छ । 

विदेश मन्त्रालयको पत्र अनुसार उनीहरूले विध्वंसक गतिविधि गरेको आरोप लगाउँदै ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको हो ।

बुर्किना फासोको सरकारले निष्कासित कूटनीतिज्ञहरू विरुद्ध लगाइएको आरोपको थप विवरण प्रदान गरेको छैन । तर, उसले ग्वेनेले हबुजिट, हर्भ फोर्नियरगुइलाउम रेसाचर नाम गरेका फ्रान्सेली कुटनीतिज्ञलाई ४८ घन्टा भित्र देश छाडन आदेश दिएको हो ।

सो देशका नागरिक समाजका नेताहरूसँग गरेको बैठक पछि सरकारले उनीहरूलाई निष्कासन गर्ने निर्णय लिएको बताइएको छ । फ्रान्सले बिहीबार यस कदमको निन्दा गरेको छ।

‘बुर्किनाबे अधिकारीहरूको निर्णयको लागि कुनै वैध आधारहरू थिएनन्। हामी यसको निन्दा मात्र गर्न सक्छौँ,’ फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले भने। उनले तीनै जना विरुद्धको आरोप निराधार भएको बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ८ : ३५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १