इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु « Khabarhub

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव बढ्दै गएको छ । यसै सिलसिलामा शुक्रबार इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ ।

शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको एयरपोर्टमा पनि विस्फोटनको आवाज सुनिएको छ । यो शहरमा धेरैवटा ब्युक्लियर प्लान्टहरु रहेका छन् ।

इरानको सबैभन्दा ठूलो युरेनियम परियोजना पनि यही सहरमा रहेको छ । विस्फोटनका घटनापछि इरानका कतिपय शहरमा विमान सेवा अवरुद्ध गरिएका छन् । कतिपय विमानहरु इसाफहानबाट ‘डाइभर्ट’ गरिएको छ ।

इजरायलले इरानमाथि प्रतिरक्षात्मक आक्रमण गरेको जनाएको छ । उसको दाबीअनुसार गत अप्रिल १३ को मध्यरातमा इजरायलमाथि इरानले मिसाइल र ड्रोनबाट हमला गरेको थियो ।

उता, गत अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूताबासमा हमला हुँदा इरानी उच्च सैन्य अधिकारीसहित केही सुरक्षाकर्मीको मृत्यु भएको थियो । इरानले आफ्नो दूताबासमा भएको सो आक्रमणमा इजरायलको हात रहेको आरोप लगाउँदै आएको छ ।

अरब मुलुकका दुई बलिया शक्तिराष्ट्रबीच बढ्दो तनावले विश्व शान्तिमा असर पर्न सक्ने भन्दै विश्वव्यापी चिन्ता प्रकट हुन थालेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : १८ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद