भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा | Khabarhub Khabarhub

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

पहिलो चरणमा २१ राज्य र केन्द्र प्रशासित १०२ सीटमा आज मतदान


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

काठमाडौं – भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ । सात चरणमा हुने लोकसभा चुनाव आजदेखि सुरु भएको हो । पहिलो चरणमा नेपालसँग सीमा जोडिएका पाँचवटै राज्यहरु- सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसमेत २१ राज्यमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

पहिलो चरणमा २१ राज्यका केही मतदान केन्द्रहरु र केन्द्र शासित प्रदेशका समेत गरी १०२ सिटमा मतदान हुँदैछ । लोकसभाका कुल ५४३ सिटका लागि हुने निर्वाचन ८० दिनसम्म चल्ने छ ।

पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय र मिजोरममा मतदान भइरहेको छ । आज पहिलो चरणमै नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगालमा पनि मतदान भइरहेको छ ।

केन्द्र शासित अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा पनि आजै मतदान भइरहेको छ ।

पहिलो चरणमा आज नरेन्द्र मोदीको मन्त्रिपरिषदका ८ मन्त्रीसहित तीनजना पूर्वमुख्यमन्त्री र एकजना पूर्वराज्यपाल समेत चुनावी मैदानमा उत्रेका छन् ।

नितिन गडकरी

केन्द्रीय सडक यातायात मन्त्री नितिन गडकरी महाराष्ट्रको नागपुर सिटबाट चुनाव लडिरहेका छन् । गडकरी यहाँबाट ह्याट्रिक गर्ने प्रयासमा छन् ।

केन्द्रीय पृथ्वी विज्ञान तथा खाद्य प्रशोधन उद्योग मन्त्री किरेन रिजिजु अरुणाचल पश्चिम सीटबाट चुनाव लड्दैछन् । सन् २००४ मा रिजिजु पहिलो पटक यहाँबाट विजयी भएका थिए । तर, २००९ को चुनावमा उनी पराजित भएका थिए । त्यसपछि सन् २०१४ र २०१९ मा जिते । यसपटक उनको सामना अरुणाचल प्रदेश कांग्रेसका पूर्वमुख्यमन्त्री तथा प्रदेश अध्यक्ष नबम टुकीसँग हुँदैछ ।

त्यसैगरी केन्द्रीय बन्दरगाह, जहाज र जलमार्ग, आयुष मन्त्री सर्वानन्द सोनेवाल असमको डिब्रुगढ लोकसभा सीटबाट उम्मेदवार बनेका छन् । यो सिटबाट भाजपाले पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री रामेश्वर तेलीको टिकट रद्द गरेर सोनोवाललाई उम्मेदवार बनाएको हो ।

सोनेवाल हाल माथिल्लो सदन राज्यसभाका सदस्य एवं आसामका पूर्वमुख्यमन्त्री पनि हुन् । उनले २०१४ को चुनाव लखिमपुर सिटबाट जितेका थिए । सोनेवाल नरेन्द्र मोदीको पहिलो सरकारमा पनि मन्त्री भएका थिए ।

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा ९६.८ करोड मतदाताले भोट हाल्नेछन् ।

आज पहिलो चरणमै सबै सिटमा मतदान हुने राज्य –

  • तमिलनाडु- ३९ सीट ।
  • उत्तराखण्ड- ५ सिट ।
  • अरुणाचल प्रदेश- २ सीट
  • अण्डमान निकोबार टापू- १ सीट
  • लक्षद्वीप- १ सीट
  • मेघालय- २ सिट
  • मिजोरम- १ सीट
  • नागाल्याण्ड- १ सिट
  • पुडुचेरी- १ सीट
  • सिक्किम- १ सीट

ठूला राज्यमा आज हुने मतदान

  • उत्तर प्रदेश : ८ सिट – सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगिना, मुरादाबाद, रामपुर र पिलीभीत ।
  • पश्चिम बंगाल : ३ सिट – कुचबिहार, अलीपुरद्वार र जलपाईगुडी ।
  • बिहार : ४ सिट – औरंगाबाद, गया, नवादा र जमुई।
  • जम्मू कश्मीर : १ सिट – उधमपुर ।
  • महाराष्ट्र : ५ सिट – रामटेक, नागपुर, भंडारा–गोन्डिया, गडचिरोली–चिमुर र चन्द्रपुर ।
  • मध्य प्रदेश : ६ सिट – सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट र छिन्दवाड़ा ।
  • आसाम : ५ सिट – काजिरंगा, सोनितपुर, लखिमपुर, डिब्रुगढ र जोरहाट ।
  • छत्तीसगढ : १ सीट – बस्तर ।
  • राजस्थान : १२ सिट – गंगानगर, बिकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली–ढोलपुर, दौसा, र नागौर ।
  • त्रिपुरा १ सीट – त्रिपुरा पश्चिम ।
  • मणिपुर १ सिट– भित्री मणिपुर ।

(स्रोत : बीबीसी हिन्दी)

याे पनि-

बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?

पश्चिम बंगालको चुनाव : वामदेखि रामसम्म !

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : १९ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी