इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो « Khabarhub

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौंविश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन शुक्रबार विश्वबजारमा कच्चा तेलको मूल्य तीन प्रतिशत बढेको छ । यससँगै बजारमा तेलको अभाव खड्किन सक्ने चिन्ता प्रकट हुन थालेको छ । 

शुक्रबार एसियामा कच्चा तेलको मूल्य ३ प्रतिशतले बढेको बीबीसीले जनाएको छ । यो वृद्धिसँगै कच्चा तेलको मूल्य प्रतिब्यारेल झण्डै ९० डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायल-इरान तनावसँगै मध्यपूर्वको तेल आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता छाएको छ । 

तेलजस्तै सुनको मूल्यले पनि नयाँ कीर्तिमान छोएर प्रति औंस २४ सय डलर पुगेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

इरानको ड्रोन र मिसाइल आक्रमणपछि इजरायलले इरानमाथि शुक्रबार मिसाइल प्रहार गरेको छ । यो सँगै  लगानीकर्ताहरू त्रसित बनेका छन् ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : ५९ बजे

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक

आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा

खोटाङ – नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको