इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु | Khabarhub Khabarhub

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव बढ्दै गएको छ । यसै सिलसिलामा शुक्रबार इजरायलले इरानका केही सहरमा मिसाइल हमला गरेको छ ।

शुक्रबार बिहानै भएको हमलामा इरानका केही परमाणु प्लानमाथि पनि निशाना लगाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
इरानको सरकारी न्युज एजेन्सीलाई उधृत गर्दै समाचारमा जनाइए अनुसार इरानको इसाफहान शहरको एयरपोर्टमा पनि विस्फोटनको आवाज सुनिएको छ । यो शहरमा धेरैवटा ब्युक्लियर प्लान्टहरु रहेका छन् ।

इरानको सबैभन्दा ठूलो युरेनियम परियोजना पनि यही सहरमा रहेको छ । विस्फोटनका घटनापछि इरानका कतिपय शहरमा विमान सेवा अवरुद्ध गरिएका छन् । कतिपय विमानहरु इसाफहानबाट ‘डाइभर्ट’ गरिएको छ ।

इजरायलले इरानमाथि प्रतिरक्षात्मक आक्रमण गरेको जनाएको छ । उसको दाबीअनुसार गत अप्रिल १३ को मध्यरातमा इजरायलमाथि इरानले मिसाइल र ड्रोनबाट हमला गरेको थियो ।

उता, गत अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूताबासमा हमला हुँदा इरानी उच्च सैन्य अधिकारीसहित केही सुरक्षाकर्मीको मृत्यु भएको थियो । इरानले आफ्नो दूताबासमा भएको सो आक्रमणमा इजरायलको हात रहेको आरोप लगाउँदै आएको छ ।

अरब मुलुकका दुई बलिया शक्तिराष्ट्रबीच बढ्दो तनावले विश्व शान्तिमा असर पर्न सक्ने भन्दै विश्वव्यापी चिन्ता प्रकट हुन थालेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : १८ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल