वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट « Khabarhub

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट आएको देखिएको छ । 

२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव को तेस्रो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेको देखिएको हो ।

बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ वाणिज्य बैंकको मात्र नाफा बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २० वटा वाणिज्य बैंकहरूको समग्रमा नाफा भने १३.४६ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा नेपाल बैंकको नाफामा ९२.६८ प्रतिशतले गिरावट आएको छ । गत वर्ष चैतमसान्तसम्ममा नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख २९ हजार नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफामा सीमित भएको छ । २० वटा वाणिज्य बैंकहरूको नाफा रकममध्ये नेपाल बैंकको नाफा सबैभन्दा कम पनि हो ।

गत वर्षको तुलनामा नाफा प्रतिशतका हिसाबले सबैभन्दा बढी कृषि विकास बैंकले र रकमको हिसाबले नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । कृषि विकास बैंकले ९ महिनाको अवधिमा २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९७२२ प्रतिशतले बढी हो । 

त्यस्तै, नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ४ अर्ब ६६ करोड ८ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको ९ महिनाको अवधिको तुलनामा ८.७५ प्रतिशतले कम हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ५३ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक