वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट | Khabarhub Khabarhub

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा गिरावट आएको देखिएको छ । 

२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव को तेस्रो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेको देखिएको हो ।

बैंकहरूले सार्वजनिक गरेको ९ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ वाणिज्य बैंकको नाफा घटेको छ । गत आवको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ७ वाणिज्य बैंकको मात्र नाफा बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । २० वटा वाणिज्य बैंकहरूको समग्रमा नाफा भने १३.४६ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा नेपाल बैंकको नाफामा ९२.६८ प्रतिशतले गिरावट आएको छ । गत वर्ष चैतमसान्तसम्ममा नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख २९ हजार नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा भने १३ करोड ५ लाख ९ हजार रुपैयाँ नाफामा सीमित भएको छ । २० वटा वाणिज्य बैंकहरूको नाफा रकममध्ये नेपाल बैंकको नाफा सबैभन्दा कम पनि हो ।

गत वर्षको तुलनामा नाफा प्रतिशतका हिसाबले सबैभन्दा बढी कृषि विकास बैंकले र रकमको हिसाबले नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । कृषि विकास बैंकले ९ महिनाको अवधिमा २ अर्ब ५ करोड ३१ लाख ६६ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९७२२ प्रतिशतले बढी हो । 

त्यस्तै, नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ४ अर्ब ६६ करोड ८ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको ९ महिनाको अवधिको तुलनामा ८.७५ प्रतिशतले कम हो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १२ : ५३ बजे

सङ्खुवासभामा किराँत लोहोरुङ्ग राई सङ्ग्रहालय भवन हस्तान्तरण

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मा किराँत लोहोरुङ्ग (राई)याख्खा सङ्ग्रहालयको

प्रधानमन्त्री ओलीद्वारा नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

स्पेन – स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्वअर्थमन्त्री आचार्य

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड