ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता | Khabarhub Khabarhub

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले शुक्रबार सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलो पटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ ।

दुई पक्षबीच भएको तीन बुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ ।

उक्त परियोजनाले हाल तीन हजार दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतामा कयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा राम लामा तथा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, कम्पनीका निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन्  ।

सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट ग्रीन हाइड्रोजन उत्पादन गरी वैज्ञानिक ढङ्गले सुरक्षितरुपमा जम्मा पारेर राख्ने र हिउँदमा प्रयोगमा ल्याइने गरी उत्पादन गरिने बताए । उनका अनुसार केयूलाई थप अनुसन्धान गर्न जलविद्युत् आयोजनाको सम्झौताले सहज भएको छ । यस्तै हाइड्रोजन उत्पादनका दायरा बढाउन अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्न सकिने केयूले जनाएको छ ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर ग्रीन हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए । उनले प्रारम्भिक चरणमा हालको क्षमताअनुसार सफलतापूर्वक ग्रीन हाइड्रोजन उत्पादन गर्न सके उत्पादन बढाउँदै लैजाने बताए । ‘पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्छौँ, त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजनामा छौँ’, उनले भने । उनका अनुसार उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गरिने छ ।

विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको केयूले २०७९ चैत १९ गते औपचारिक रुपमा ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो । केयूलाई नेपालमा हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट यातायातका साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको हो ।

निगमकै सहयोगमा कात्तिकमा कोरियाबाट हुण्डाइको नेक्सो कार भित्र्याउनुका साथै कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ ।

यसका लागि निगमले केयूलाई रु पाँच करोड सहयोग उपलब्ध गराएको थियो । उक्त सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलरको कार, रु एक करोड ३० लाखको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ ।

ल्यावका प्रमुख थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरलाई धाराको पानी र बिजुली दिएपछि पानीलाई प्रशोधन गर्ने, प्रशोधिन पानीबाट हाइड्रोजन उत्पादन गर्ने, उत्पादित हाइड्रोजनलाई ड्राइङ, प्युरिफाइ गरी, लो प्रेसर ट्याङ्कमा भण्डार गर्ने र लो प्रेसर ट्याङ्कमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्याङ्को माध्यबाट कारमा रिफिल गरिन्छ ।

अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ ।

यस्तै केयूमा स्थापित हाइड्रोजन स्टेसनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खर्च हुने छ । केयूमा भित्र्याइएको हुण्डाइको नेक्सो कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र उक्त हाइड्रोजनबाट  छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने छ ।

केयूले ३०-३५ वटा हाइड्रोजन सवारीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न नमूना आयोजनाका तयार गर्ने लक्ष्यसमेत अघि बढाएको जनाएको छ । अध्ययनका क्रममा प्रयोगात्मक अभ्यासका लागि हाइड्रोजन उत्पादन गरिए पनि यातायात सञ्चालन गर्न हाइड्रोजन उत्पादन गरिएको यो नेपालको पहिलो प्रयास भएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ०७ बजे

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ