३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम | Khabarhub Khabarhub

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् ।

शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्रुत मार्गको आर्थिक तथा भौतिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिएका हुन् ।

उनले वन मन्त्रालयले पछिल्लो समयमा वातावरणीय पूरक प्रतिवेदन स्वीकृत गरेकाले काम तीव्र गतिमा अगाडि बढेको उनले बताए ।

१३ वटा निर्माण प्याकेजमा ६ वटाको ठेक्का लगाएर काम भइरहेको र बाँकीमध्ये केहीको ठेक्का लगाउने काम शुरू भएको जानकारी प्रधानसेनापति शर्माले दिए । विशेष गरी ललितपुरको प्रस्थान बिन्दु खोकनामा जग्गा मुआब्जा विवाद समाधान नभएकाले त्यहाँ ठेक्का लगाउने काम अझै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ ।

आयोजनाअन्तर्गत १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी, त्यसमध्ये ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले बताएकाे छ ।

प्रधानसेनापति शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड, ०७४/०७५ मा सात अर्ब ६३ करोड, ०७५/०७६ मा पाँच अर्ब ७३ करोड, ०७६/०७७ मा एक अर्ब ९७ करोड, ०७७/०७८ मा आठ अर्ब ७३ करोड, ०७८/०७९ मा आठ अर्ब ८९ करोड, ०७९/०८० मा १४ अर्ब ९४ करोड र ०८०/०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ ।

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको र वित्तीय प्रगति ३३ प्रतिशत भएको उनले बताए । उनकाअनुसार निर्माणाधीन तीन वटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार  ५९१ रुख काटिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ०४ बजे

नेपाललाई दाताको ऋण – कसको ब्याजदर कति ?

काठमाडौं – २०८१ वैशाख मसान्तसम्म नेपालले २३ खर्ब ९७ अर्ब

पूर्वाञ्चल विश्वविद्यालय र विभिन्न १३ कम्पनीबीच सम्झौता

काठमाडौं – विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा

दाङमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

दाङ – विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो

मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै

धनुषा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनकपुरमा यही

सत्ता राजनीतिको लगाम फर्काउने जोडबलमा देउवा

काठमाडौं- नेपाली राजनीतिमा ‘चतुर खेलाडी’ को बिम्ब बनाउँदै आएका नेपाली