३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम « Khabarhub

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् ।

शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्रुत मार्गको आर्थिक तथा भौतिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिएका हुन् ।

उनले वन मन्त्रालयले पछिल्लो समयमा वातावरणीय पूरक प्रतिवेदन स्वीकृत गरेकाले काम तीव्र गतिमा अगाडि बढेको उनले बताए ।

१३ वटा निर्माण प्याकेजमा ६ वटाको ठेक्का लगाएर काम भइरहेको र बाँकीमध्ये केहीको ठेक्का लगाउने काम शुरू भएको जानकारी प्रधानसेनापति शर्माले दिए । विशेष गरी ललितपुरको प्रस्थान बिन्दु खोकनामा जग्गा मुआब्जा विवाद समाधान नभएकाले त्यहाँ ठेक्का लगाउने काम अझै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ ।

आयोजनाअन्तर्गत १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी, त्यसमध्ये ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले बताएकाे छ ।

प्रधानसेनापति शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड, ०७४/०७५ मा सात अर्ब ६३ करोड, ०७५/०७६ मा पाँच अर्ब ७३ करोड, ०७६/०७७ मा एक अर्ब ९७ करोड, ०७७/०७८ मा आठ अर्ब ७३ करोड, ०७८/०७९ मा आठ अर्ब ८९ करोड, ०७९/०८० मा १४ अर्ब ९४ करोड र ०८०/०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ ।

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको र वित्तीय प्रगति ३३ प्रतिशत भएको उनले बताए । उनकाअनुसार निर्माणाधीन तीन वटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार  ५९१ रुख काटिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ०४ बजे

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने