३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम « Khabarhub

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् ।

शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले द्रुत मार्गको आर्थिक तथा भौतिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिएका हुन् ।

उनले वन मन्त्रालयले पछिल्लो समयमा वातावरणीय पूरक प्रतिवेदन स्वीकृत गरेकाले काम तीव्र गतिमा अगाडि बढेको उनले बताए ।

१३ वटा निर्माण प्याकेजमा ६ वटाको ठेक्का लगाएर काम भइरहेको र बाँकीमध्ये केहीको ठेक्का लगाउने काम शुरू भएको जानकारी प्रधानसेनापति शर्माले दिए । विशेष गरी ललितपुरको प्रस्थान बिन्दु खोकनामा जग्गा मुआब्जा विवाद समाधान नभएकाले त्यहाँ ठेक्का लगाउने काम अझै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ ।

आयोजनाअन्तर्गत १५ हजार ४१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जसमा व्यक्तिगत जग्गा ५ हजार १७२ रोपनी, त्यसमध्ये ४ हजार ७८० रोपनी जग्गा अधिग्रहण भइसकेको सेनाले बताएकाे छ ।

प्रधानसेनापति शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् ।

उनकाअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड, ०७४/०७५ मा सात अर्ब ६३ करोड, ०७५/०७६ मा पाँच अर्ब ७३ करोड, ०७६/०७७ मा एक अर्ब ९७ करोड, ०७७/०७८ मा आठ अर्ब ७३ करोड, ०७८/०७९ मा आठ अर्ब ८९ करोड, ०७९/०८० मा १४ अर्ब ९४ करोड र ०८०/०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ ।

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको र वित्तीय प्रगति ३३ प्रतिशत भएको उनले बताए । उनकाअनुसार निर्माणाधीन तीन वटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार  ५९१ रुख काटिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : ०४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको