महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि | Khabarhub Khabarhub

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ६–० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । महिला सुपर लिगमा चेल्सीको यो लगातार पाँचौँ तथा समग्रमा सातौँ उपाधि हो ।

चेल्सीका लागि मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै चेल्सीका रामिरेजले सुरुवाती गोल गरेका थिए । आठौँ मिनेटमा क्यानेरिडले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । टोलीको अग्रता दोब्बर बनाइन् ।

यस्तै, ४४औँ मिनेटमा नुस्केनले गोल गर्दै ३–० को अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा रामिरेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–० गोलले अगाडि बढाए ।

यसैगरी, ल्युपोल्जले ४७औँ तथा किर्बीले ८५औँ मिनेटमा गोल गरेसँगै चेल्सी ६–० गोलले विजयी भयो ।

जितसँगै चेल्सीले २२ खेलबाट ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

 

 

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ९ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’