रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस्  « Khabarhub

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन नेपाल सरकारसँग हारगुहार गरेका छन् । काठमाडौंमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०८० भदौ १९ रुस गएका थिए ।

उनले ह्वासएपमार्फत अनुनय गरिरहेका छन् । मलाई त निश्चित मार्छन् । तपाईँहरूले सके बचाइदिनुस् । मारिहाले भने मेरो शव नेपाल पुगोस् । मेरा परिवारले राहत र क्षतिपूर्ति पाउन् ।

हिजोसम्म त मारे नि मार्लान् केही छैन, मरे पनि मरुँला भनेर यहाँ आएको हुँ भन्ने सोचिरहेको थिएँ । आज बिहानै छोरीले परीक्षा दिएको कुरा सुनाइन् । त्यसपछि झसंग भए । मेरो त परिवार छ, मरे भने त उनीहरू बिचल्ली हुन्छ ।

मलाई खोटाङकै शैलेन्द्र राईले सात लाख रुपैयाँ लिएर रुस पठाएका हुन् । शैलेन्द्रले मसँगै नेपाली एयरपोर्टबाटै आठ जनालाई पठाएका थिए ।

रुस पुगेको दोस्रो दिन नै म सेनामा भर्ती भए । भर्तीको भएको केही दिनमै युद्ध मैदानमा खटिएर युक्रेन पुगे । मसँगै १५ जना नेपालीको टोली पठाइरहेको थियो । जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । बाँकीमध्ये केही घाइते भएका छन् ।

युद्ध निकै भयानक रहेछ । पाइला–पाइलामा मृत्यु छ । आकाशमा शत्रुको ड्रोन घुमिरहेको हुन्छ । टाउको बाहिर निकाल्ने बित्तिकै लखेट्न आइपुग्छ । कति बेला शरीरमा बम खस्छ थाहा हुन्न ।

त्यो देखेपछि आत्तिएर केही नेपाली भाग्ने कोसिसमा लागे । ६ जना भाग्ने कोसिस गर्दागर्दै समातिए । थुनामा राखेर नराम्ररी यातना दिइयो । उनीहरूले भाग्ने कोसिस गरेपछि सबैलाई असर पर्‍यो । सगोलमा रहेका नेपालीहरू रुसी नागरिक रहेका समूहमा बाँडियौ । त्यसपछि एक/एक गरी राखिएको छ ।

समूहका सबै मारिए, भाषा नबुझ्दा फसे  

त्यसपछि हरि पाँच जना रुसी नागरिकसँगको समूहमा परे । युक्रेनका ड्रोनले ती पाँच जनामध्ये चार जनालाई एकपछि अर्को गर्दै निशाना बनाउँदै लग्यो ।

मसँग अन्तिममा एक जना साथी मात्रै बच्यो । ऊ ड्रोन अपरेटर थियो । निकै मिलनसार हामी निकै घुलमिल भइसकेका थियौ । उनीहरू दुई जनाले मात्रै धेरै दिन युद्ध मैदान र सेल्टरमा सँगै बिताए ।

ऊ धेरै राम्ररी ड्रोन चलाउँथ्यो । हामी सँगै अपरेसनमा जान्थ्यौ ।  एक अर्कालाई जोगाउन हर सम्भव प्रयास गर्थ्यौ र धेरै दिनसम्म जोगिएर बसेका थियौ ।

केही दिनअघि युक्रेनको ड्रोनले उसलाई झन्डै भेट्यो । युक्रेनको ड्रोन हामीलाई देखेपछि लखेट्न थाल्यो । हामी केही समय भाग्यौँ । म छलिएर जोगिए तर उसलाई निशाना बनाएर ड्रोनले बम खसाल्यो । उसले बम छलेर शरीरमा बाहिरी चोट लाग्नबाट जोगियो ।


शरीरमा चोट लागेन, तर ऊ शिथिल भएको थियो । शरीर हलचलसमेत गर्न सक्दैनथ्यो । उसलाई भित्री चोट लागेको थियो । युक्रेनको ड्रोन हिँडेपछि मैले उसको अवस्था ‘प्लाटुन कमान्डर’ लाई जानकारी गराए ।

अचेत अवस्थामा उसलाई बोकेर सेल्टरतर्फ अघि बढे । आधा बाटोसम्म अरु सेना पनि सघाउन आएका थिए । सेल्टरमा पुगेपछि कमान्डरले घाइतेको अवस्था सोधे ।

त्यही जवाफमा सिर्जना भएको गलत बुझाइको समस्याले अहिले मलाई  ‘मार्ने’ अवस्थामा पुर्‍याएको छ । बाहिरी चोट थिएन, यसैले कमान्डरले ऊ ‘नर्मल’ (सामान्य) छ रु भनेर सोधेको थियो ।

मैले ‘अब्नर्मल’ (असामान्य) भनेको थिए । मलाई रसियन नआउने सायद मैले अब्नर्मल भनेकोलाई नर्मल मान्यो । त्यसपछि कमान्डरले ऊ होसमा नआउँदासम्म १०–१० मिनेटमा हेरिराख्नु भन्यो तर उपचारमा लगेन ।

केही दिनअघि ऊ अकस्मात् मृत फेला पर्‍यो । मैले हेरिरहेको थिए तर बाहिर निस्केका बेला कति बेला श्वास छाडेछ थाहा पाइन । उसको मृत्युपछि कमान्डर मसँग बम्कियो । तैँले नर्मल भनेको थिइस्, कसरी मर्‍यो ? भनेर कमान्डर रिसायो ।

त्यसदेखि उसले मसँग राम्रो व्यवहार गर्न छाड्यो । खाना, पैसा केही पनि दिएको छैन । जंगलमा जे भेट्यो त्यही खान्छु । धेरै दिनदेखि भोकै बसेको छु ।

यसैक्रममा रुसी सेनाले मलाई धम्क्याउन थालेको छ । आपसमा रसियन भाषामा उनीहरू मलाई मार्ने कुरा गर्छन् । म बोल्न पो सक्दिन तर बुझ्ने त भएको छु । चार पाँच दिनयता तेरो हात काट्छौँ, खुट्टामा गोली हान्छौँ अनि मारेर फाल्छौ भनिरहेका छन् ।

आफूले कमान्डरलाई भेट्न खोज्दा दिएका छैनन् । दिनभर सुतिरहन्छ, तर भेट दिँदैन । सेटमा सिद्ध्याइदेऊ भन्छ । मार्छौ र काट्छौ भनेको यता म सुत्न सकेको छैन । अहिले मसँग रहेका हतियार र ड्रेस पनि खोसेर लगे । मेरो पासपोर्ट पनि जलाइसके । अहिले साथमा मोबाइल मात्रै बाँकी छ ।

तर यो सम्पर्क जति बेला पनि टुट्न सक्छ । मलाई जति बेला पनि मार्न सक्छन् । मलाई मारे पनि मेरो सन्देश सबैलाई सुनाइदिनुहोला । मेरो शव नेपाल ल्याउने प्रबन्ध मिलाइदिनुहोला । म नहुँदा मेरो परिवार बेसहारा बन्छ, राहत र क्षतिपूर्ति दिलाइदिन पहल गरिदिनुहोला ।

अभियन्ता भन्छिन्, ‘राज्यले सुन्नै चाहेन’

‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले रुसी सेनामा रहेका नेपालीको पिडा राज्यले सुन्न नचाहेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘ मैले शुक्रबार साँझ युद्ध मैदानमा पुगेका हरिले आफू आबद्ध फौजले नै मार्ने धम्की दिएको बताए ।’

थाहा पाउने बित्तिकै उद्धारको लागि मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरसँग सम्पर्क गरे । साथै, परराष्ट्र मन्त्रालय, मन्त्रालयमातहतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसीलगायतसँग कुरा गर्दा कसैले पनि उद्धारको भाव नदेखाएको उनको दुखेसो छ ।

‘नागरिकको सवालमा राज्यले यसरी मौन साध्नु भनेको राज्य नभएको सरह  हो, उनले भनिन् ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ११ : ३२ बजे

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौ- देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण,