हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए « Khabarhub

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत भेटिएका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ सोमबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार गुरुङ बिहान करिब ४ः३० बजे ओमनगरस्थित एक घरनजिकै रहेको जस्ताको ट्रसमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

बिहान हिँड्न निस्किएका एक व्यक्तिले उनलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ११ : ४४ बजे

बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ

वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत

मौलिक संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : गृहमन्त्री गुरुङ

ललितपुर – गृहमन्त्री सुधन गुरुङले आधुनिकीकरण र पश्चिमी संस्कृतिको प्रभाव

इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, आवश्यक परे आक्रमण गर्ने चेतावनी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ–  सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक