गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय « Khabarhub

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए । उनले गृहमन्त्रीले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीलाई बोल्न दिन्छौँ । त्यसपछि प्रतिपक्षले बोल्नका लागि सभामुखज्यूसँग समय माग्छौँ। हाम्रो तर्फबाट सम्भवतः नेपाली कांग्रेसले बोल्छ ।’

सांसद शाहीले समिति गठन नहुँदासम्म संसदका नियमित काम अघि बढ्न नदिने निर्णय भएको पनि जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष वुद्धिमान तामाङलगायतका नेताहरु सहभागी थिए ।

कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न अवरोध गर्दै आएको थियो । सत्तारुढ गठबन्धन समिति गठन गर्न सहमत भएपछि कांग्रेससहितका विपक्षी दल गृहमन्त्रीलाई संसदमा बोल्न दिन तयार भएका हुन् ।

यसअघि शुक्रबार पनि कांंग्रेसको आह्वानमा प्रतिपक्षी दलहरुबीच सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनबारे छलफल भएको थियो । उक्त छलफलबाट दलहरु सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि एकमत भएका थिए ।

प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि अझै सुरु भएको छैन ।

 

 

 

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ११ : ३७ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको