भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का « Khabarhub

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् । दुई दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देउजाले बहुमत पदाधिकारीसहित कार्यकाल दोहोर्‍याएका हुन् ।

देउजाले अध्यक्षका अर्का प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले साथ दिएका थिए । २०७९ को आमनिर्वाचनमा पनि पराजित बस्नेतलाई एमालेको आन्तरिक चुनावमा पनि धक्का लागेको छ ।

आइतबार सार्वजनिक निर्वाचन परिणाम अनुसार सचिवमा पनि देउजाकै प्यानलका विष्णु तामाङ निर्वाचित भएका छन् ।

अघिल्लो कार्यकालका सचिव मोहनवीरको प्यानलबाट उपाध्यक्षमा किरण थापा निर्वाचित भए । उनी अहिले बागमती प्रदेश सांसद पनि छन् ।

थापाले निर्वतमान उपाध्यक्ष एवम् देउजा प्यालनका उम्मेदवार तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई पराजित गरे ।

एकजना उपसचिवमा देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए । अर्को उपसचिवमा मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी भइन् ।

जेठ ३ देखि सुरु नवौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा देउजा प्यानलले पकड बनाएको छ ।

यो अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको कोसिस भएको थियो । बिहीबार र शुक्रबार त्यसकै लागि प्रयास पनि भयो तर सफल हुन नसकेपछि दुईवटा प्यानलले निर्वाचन लडेका थिए ।

अधिवेशनमा जिल्लाका ३८ वडा कमिटीमध्ये ३५ वडामा सर्वसम्मत प्रतिनिधि छानिएका थिए । ३ वटा वडामा निर्वाचन गर्नुपरेको थियो । ४ नगरमध्ये देउजा प्यानलमा २ र श्रेष्ठ प्यानलमा २ नगर अध्यक्षको साथ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १२ : ४७ बजे

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको