भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुनः प्रदर्शन हुने  « Khabarhub

भक्तराजको निधनपछिका दृश्य राखेर फिल्म ‘आचार्य’ पुनः प्रदर्शन हुने 


६ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ गायक एवं भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ पुनः प्रदर्शनमा आउने भएको छ । उनका जेठा छोरा सत्यराजले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी असार ७ गते विश्वव्यापीरूपमा फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

‘आचार्य’ फिल्म १३ वर्षअघि प्रदर्शनमा आएको थियो । त्यस समय धेरै दर्शकले सो फिल्म हेर्न नपाएकाले पुनः प्रदर्शन गर्ने निर्णय गरिएको फिल्मका केन्द्रीय कलाकारसमेत रहेका सत्यराजले बताए ।

गत फागुन १४ गते गायक भक्तराजको निधन भएको थियो । उनको सम्मान स्वरूप सो फिल्म नयाँ जस्तै गरी प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष छ । असार ५ गते प्रिमियर शोको आयोजना गरिने सत्यराजले जानकारी दिए ।

यस पटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको उनको भनाइ छ । ‘आचार्य’ फिल्ममा भक्तराजको जीवनका मुख्य पाटाहरू केलाइएको छ । उनले गरेको सङ्घर्ष, भोगेका दुख, कष्ट, पाएको सफलताहरू समेटिएका छन् । २०४६ सालमा सांघातिक आक्रमणपछि स्वर गुमेको घटना पनि फिल्ममा देखाइएको छ ।

सत्यराजका अनुसार आगामी साता ट्रेलर रिलिज गर्ने योजना रहेको छ । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यस फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भक्तराजको भूमिका सत्यराज स्वयंले निर्वाह गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : २२ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको