इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ?  | Khabarhub Khabarhub

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरूले पतिङ्गर सोर्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् ।

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन । ‘अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै’ (यसपालि पतिंगर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला ?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्छिन्, ‘बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल’ (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन) । जिल्लाका मुसहर, बाँतर  समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो ।

‘चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली’ (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भनिन्, ‘गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई’ (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो ?) सङ्कलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन् ।

यहाँका स्थानीयवासीले चैत र वैशाखमा सङ्कलन गरेका पतिङ्गर आफूलाई वर्षभरि चाहिने राखेर अरु किसानलाई बेचेर आम्दानी लिन्थे । बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन् । वनक्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरु अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन् । यी ठाउँमा केही गोबर सङ्कलन गर्न सके चिपरी पथारेर सुकाउन सकिने उनीहरूको आशा छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : १९ बजे

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

वीरगञ्ज– बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै