इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ?  « Khabarhub

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन् । यसपालि वनमा पतझड झर्ने बित्तिकै डढेलो लागेकाले उनीहरूले पतिङ्गर सोर्न पाएनन् । सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन् ।

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन । ‘अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै’ (यसपालि पतिंगर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला ?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्छिन्, ‘बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल’ (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन) । जिल्लाका मुसहर, बाँतर  समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो ।

‘चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली’ (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भनिन्, ‘गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई’ (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो ?) सङ्कलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन् ।

यहाँका स्थानीयवासीले चैत र वैशाखमा सङ्कलन गरेका पतिङ्गर आफूलाई वर्षभरि चाहिने राखेर अरु किसानलाई बेचेर आम्दानी लिन्थे । बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन् । वनक्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरु अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन् । यी ठाउँमा केही गोबर सङ्कलन गर्न सके चिपरी पथारेर सुकाउन सकिने उनीहरूको आशा छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : १९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन