सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल « Khabarhub

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पेसागत महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले त्यो कुरा बताएका हुन् ।

उनले अहिले सहमतिसहित जानु नै राम्रो हुने त्यसो नभए ठूलो संकटमा परिने बताए ।

नीति तथा कार्यक्रममा छलफल गर्ने ढोका नखोल्ने हो भने संवैधानिक जटिलता खडा हुन्छन् भन्ने कुरा ध्यानमा राख्नुपर्ने नेपालले बताए ।

अध्यक्ष नेपालले संसद् अवरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी भएको बताए ।

उनले सदनको अवरोध हटाउनु नै सबैको हितमा हुने उल्लेख गरे । प्रधानमन्त्रीले सहमतिका लागि गरिरहेका प्रयत्न सराहनीय रहेको उनले बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा भएकाले प्रधानमन्त्री प्रचण्डलाई सोमबार विश्वासको मत दिने पनि स्पष्ट पारे ।

उनले नैतिकताको प्रश्न पनि उठ्ने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनन् भनेर शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री दाहालले मंगलबार चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको बताउँदै कोशीमा आफूहरूले विश्वासको मत दिएको स्मरण गराए ।

अध्यक्ष नेपालले सबैलाई समेटेर जाने गरी आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको दाबी गरे ।

आफूहरुले देशमा स्थिरता, सहमति र सहकार्य होस भन्ने चाहेकाले देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुन आवश्यक नेपालले बताए ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २४ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा