पर्वतका कृषक व्यावसायिक आलुखेतीमा « Khabarhub

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् ।  कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचालन गरेपछि विगतमा आलुको उपभोगमुखी खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेका पनि पौडेलले बताए ।

‘किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । चालु आर्थिक वर्षका लागि रु तीन करोड विनियोजन गरिएको छ । सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलब्ध गराइएको छ’, पौडेलले भने ।

चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । त्यसबाट दुई हजार छ सय ५८ मेट्रिक टन आलु उत्पादन भएको छ । त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए ।

आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमित रूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो । जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी