उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव | Khabarhub Khabarhub

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको छ ।

सहकारी ठगी प्रकरणमा बन्न लागेको संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुटिसकेको अवस्थामा कांग्रसले लामिछानेलाई संसद्मा बोल्न दिने भएको हो ।

तर कांग्रेसले आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्‍मा सबैभन्दा पहिले आफूले बोल्न पाउनुपर्ने बताएको छ ।

बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले बोल्ने प्रस्ताव लगिएको हो ।

खतिवडाले सुरुमा आफ्ना भनाइ राखिसकेपछि रास्वपाका सभापतिसमेत रहेका लामिछानले सहकारी ठगी प्रकरणमा आफूलाई लागेका आरोपबारे जवाफ दिने बताइएको छ ।

गृहमन्त्री लामिछानेले बोलिसकेपछि कांग्रेसकै तर्फबाट महामन्त्री गगनकुमार थापाले बोल्ने गरी प्रस्ताव लगिएको कांग्रेस सांसद खतिवडाले बताएका छन् ।

लामिछानेले कांग्रेसबाट आफूलाई लगाइएका आरोपबारे आजको संसद्‍मा जवाफ दिने तालिका बनाइँदै छ । त्यसका लागि दुई पटक स्थगित भएर अपरान्ह साढे ४ बजे तोकिएको थियो । त्यस बैठकमा लामिछानेले बोल्ने भनिएको थियो तर साँझ ६ बज्न लाग्दा पनि बैठक अघि बढ्न सकेको छैन ।

यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलमा सहमति नजुटेपछि बैठक सारिएको थियो। उता राष्ट्रिय सभा बैठक भने आजलाई स्थगति भइसकेको छ ।

तर आजको बैठकमा पनि लामिछानेले सम्बोधन गरिसकेपछि कांग्रेसले संसद अवरोधलाई जारी राख्ने सांसद खतिवडाले बताए ।

सहकारी ठगीबारे बनाइने संसदीय समितिको कार्यादेश टुंगो लगाउने ४ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलको बैठक बिहानदेखि पटक पटक बसे पनि सहमति बनेको छैन ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने अर्को कार्यतालिका छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ५ : ५५ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि