मिडियाको स्वेट शेयर लिएँ, काम गरेँ, छाडेर गएँ, भएको यत्ति हो : गृहमन्त्री « Khabarhub

मिडियाको स्वेट शेयर लिएँ, काम गरेँ, छाडेर गएँ, भएको यत्ति हो : गृहमन्त्री


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गोर्खा मिडिया नेटवर्कमा स्वेट शेयर लिएको, सेवासुविधासहित काम गरेको र पछि काम छाडेको, तर सहकारी ठगी नगरेको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सम्बोधन गर्दै गरेका गृहमन्त्री लामिछानेले सहकारी संस्था सप्रनु र बिग्रनुमा सदस्यसमेत नरहेको आफ्नो कुनै हात नरहेको तर्क गरे ।

‘म टेलिभिजनमा काम गर्ने मान्छे, हुटहुटी भएको मान्छे, टेलिभिजन खोल्ने प्रस्ताव आयो । मैले स्वेट शेयरका रूपमा, आफूले लगानी नगरेर होइन, स्वेट शेयरका रूपमा आफ्नो सेवासुविधासहित काम गर्ने निधो गरेँ,’ लामिछानेले भनेका छन्‌, ‘त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन । काम गरेँ, छाडेर गएँ, त्यो पैसा स्वेट शेयरका रूपमा रहेको हुनाले मैले त्यो पनि लिएर गइनँ, छाडेर गएँ । जसको सार्वजनिकीकरण मैले कार्यक्रम शुरु हुँदाको पहिलो श्रृङ्खला र कार्यक्रम छाड्दाको अन्तिम श्रृङ्खलामा आम जनतासमक्ष प्रस्तुत गरेको हुँ ।’

गृहमन्त्री लामिछानेले भने, ‘भएको चाहिँ यत्ति नै हो । न म भनिएको त्यो सहकारीको न सञ्चालक, न सदस्य, न गोर्खा मिडिया नेटवर्कमा एमडी रहँदा कुनै निर्णय गराई सहकारीबाट पैसा ल्याउने मान्छे, सदस्यसमेत नरहेको मान्छेबाट संस्थाको कारोबार हुँदैन । संस्था सप्रनु र बिग्रनुमा सदस्यसमेत नरहेको मान्छेको हात हुँदैन ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ४७ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण