रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन « Khabarhub

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै संलग्नता नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु’, उनले भने, ‘गोरखा मिडिया नेट्वर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’

लामिछानले कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै खसी बोका पाल्ने नाममा भएको राज्यकोषको दुरुपयोगबारे पनि प्रश्न उठाए ।

‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाम राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ’, उनले भने, ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ३५ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका