कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ? « Khabarhub

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ?


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।

‘म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीका लागि गरेको अफर डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’

उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।

‘मलाई राति प्रधानमन्त्रीको अफर आयो । मैले अस्वीकार गरेँ’, उनले भने, ‘अनि भोलिपल्ट संसद् अवरुद्ध, त्यसपछि छानबिन समिति माग गरियो । यो कुरा हामीलाई सह्य हुने छैन ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ४२ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा