‘१०’ खड्गो भोगेका अनमोललाई ‘१०’ कै संयोग ! « Khabarhub

‘१०’ खड्गो भोगेका अनमोललाई ‘१०’ कै संयोग !


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा ‘एक नायक–नायिकाको लाइमलाइट अवधि’ एक दशक मात्रै हो भन्ने गरिन्छ । पछिल्लो समय मजबुत ‘फ्यान फलोइङ’ भएका स्टार नायक अनमोल केसीको हकमा यो भनाइ मिल्दो देखियो ।

सन् २०१३ मा नायकका रूपमा ‘होस्टेल’बाट डेब्यू गरेका अनमोल करिअरको ग्राफ उकालो मात्रै थियो । डेढ लाख पारिश्रमिक लिएर फिल्ममा छिरेका उनले ५० लाख रुपैयाँसम्म लिन लागे । ‘स्टारडम’कै कारण एक फिल्ममा उनलाई आधा करोड दिन निर्माताहरू तयार भएका हुन् ।

उनले ७० को दशकमा उत्कर्षमा रहेको स्टारडमको स्वाद चाख्न पाए । तर चलचित्र क्षेत्रमा प्रवेश गरेको ठीक १० वर्ष पुगेपछि ‘छड्के–२’ मा उनले पहिलोपटक असफलताको स्वाद चाख्नुपर्‍यो । १० को खड्गोको शिकार उनी भए ।

खड्गो किन ? जवाफ स्पष्ट छ । सन् २०२३ मार्चमा प्रदर्शनमा आएको उनको नवौं फिल्म सुपरफ्लप भयो । यो फिल्मले अनमोललाई दिएको पारिश्रमिक समेत उठाउन सकेन ।

पहिलो असफलताले झस्किएका अनमोललाई आत्मालोचन गर्न बाध्य बनायो । उनले लिखित सम्झौता गरेका फिल्म पनि छाडे । यसबीच कानूनी झमेलासमेत भोगर र डेढ वर्षपछि उनको दशौं फिल्म ‘फर्कीफर्की’मा आउँदै छ । जुन यही जेठ १० गते प्रदर्शनमा आउँदैछ ।

१० वर्षे अवधिको संयोगले करिअरको ग्राफ ओरालो लागेको नायकको दशौं फिल्म जेठ १० गते नै प्रदर्शनमा आउँदैछ । पहिलोपटक १० अंक नफापेको अनमोललाई यो पटक १० कै संयोग परेको छ । यो पटक उनको १० सँगको सामना कस्तो रहला, त्यो हेर्न भने केही दिनमात्रै बाँकी छ ।

अनमोलका लागि ‘फर्कीफर्की’ समीक्षक र समालोचकले पनि विशेष रूपमा हेरेका छन् । कारण हो – अनमोलकै स्टारडम ! यो फिल्म ‘बक्स अफिस’मा सफल साबित भए उनको ‘कमब्याक’ चर्चा चल्ने छ । कारणबस असफल भए उनको स्टारडममाथि प्रश्न उठ्ने पक्का छ ।

१० को खड्गो ब्यहोरेका अनमोललाई यो पटक भने सहज पक्कै छैन । उनी ‘फर्कीफर्की’ र ‘पुजार सार्की’का निर्माण पक्षको चेपुवामा छन् । निर्माण पक्षले यी दुई फिल्मलाई हलमा प्रतिस्पर्धा गराएका छन् ।

‘फर्कीफर्की’सँग जुध्न आएको मल्टिस्टारर फिल्म ‘पुजार सार्की’मा उनका प्रतिस्पर्धी मानिएका अर्का नायक प्रदीप खड्का छन् । प्रदीपको साथमा ६० को दशकका सर्वाधिक सफल नायक आर्यन सिग्देल छन् । साथै केही समय अघिसम्म म्युजिक भिडियोमा एकछत्र राज गरेका पल शाह पनि ‘पुजार सार्की’ का प्रमुखमध्ये एक भूमिकामा रहेकाले अनमोललाई सहज देखिँदैन ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ५० बजे

एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित