दोलखामा ट्राफिक सचेतना कार्यक्रम  « Khabarhub

दोलखामा ट्राफिक सचेतना कार्यक्रम 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दिनहरूमा जिल्लाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सुधार गर्दै लगेको छ ।

जिल्लाको बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन देखि विद्यालयहरूमा  दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यार्थीहरूलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न सुरु गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका कार्यालय प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्न शुरु गरेको हो ।

जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालय स्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक इन्चार्ज भट्टराईले बताए। कार्यालयले जिल्लाको तामाकोशी गाउँपालिकाका विभिन्न विद्यालयबाट सचेतना कार्यक्रम शुरु गरेको हो ।

तामाकोसी गाउँपालिका-२,३ र ४ का विद्यालयका दर्जनौँ  विद्यार्थीहरूलाई  ट्राफिक सचेतना प्रशिक्षण दिइएको भट्टराईले बताए ।

स्कुलस्तरबाट नै विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको उनको  भनाइ छ ।

मुख्य गरी सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुले व्यस्त सडक र राजमार्ग पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ । विद्यार्थीहरूलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको हो ।

जिल्ला भट्टराईको कमान्डमा सदरमुकाम चरिकोट ट्राफिक व्यवस्थापनमा समेत सुधार देखिएको छ। सधैँ अस्तव्यस्त  देखिने सातदोबाटो चोकको ट्राफिक व्यवस्थापन पछिल्लो दिनहरूमा सुधार हुँदै गएको पाइएको छ ।

कार्यालयले जिल्लाका अन्य पालिका भित्रका बजार क्षेत्र तथा ग्रामीण विद्यालयमै पुगेर आगामी दिनमा अरु विद्यालयमा पुगेर ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।

त्यसैगरी कार्यालयले बाहिरी जिल्लाबाट चोरी भएका मोटरसाइकल धमाधम फेला पार्दै सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न सफल भएको समेत जनाएको छ। वैशाखमा चोरीका दुइटा मोटरसाइकल फेला पार्न सफल भएको हो ।

– सुबास बस्नेत

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ४९ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन