प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा « Khabarhub

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उनले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नआउने बताए । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै छन् ।

सांसद सापकोटाले भने, “यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जादैन । तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबढी हुने स्थिति पनि छैन ।”

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गर्नुभएको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पारे ।

“उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो । वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दनै”, उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ८ : ०७ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय