रविले बोले पनि फुकेन संसदको गाँठो « Khabarhub

रविले बोले पनि फुकेन संसदको गाँठो


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही दिनको प्रयास आइतबार पनि सार्थक हुन सकेन ।

आइतबारको बैठकमा गृहमन्त्री रवि लामिछानेले स्पष्टीकरण दिए पनि नेपाली कांग्रेसले सोमबार बिहानको बैठक चल्न नदिने घोषणा गरेको छ ।

बजेट अधिवेशन सुरु भएकै दिनदेखि नेपाली कांग्रेसले संसद अवरोध गर्दै आउको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले उनीमाथि छानविनका लागि संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले भने संसदमा आफूले जवाफ दिन पाउनुपर्ने माग गर्दै आएका थिए । सो अनुसार आइतबार अपरान्ह बसेको संसद बैठकमा मन्त्री लामिछाने बोलेका छन् ।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तर कांग्रेसले आफूमाथि पूर्वाग्रह साँधेको र गुनासो गरेका छन् । साथै अन्य सांसदहरुको पनि मिडियामा समाचार आएको भन्दै उनीहरुमाथि पनि व्यक्तिकेन्द्रित छानविन गर्न लामिछानेले चुनौती दिएका छन् ।

गृहमन्त्री लामिछानेको जवाफपछि नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानविनका लागि समिति नबनेसम्म कांग्रेसले सोमबारको बैठक पनि चल्न नदिने बताए ।

सोमबार बिहान ११ बजे बोलाइएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने कार्यसूची छ । तर, रविमाथि छानविन समिति नबने सो बैठक पनि चल्न नदिने महामन्त्री थापाले बताए ।

गृहमन्त्री लामिछानेले संसदीय छानविन समिति गठनमा आफू तयार भएको तर, त्यसको कार्यक्षेत्र कस्तो तोक्ने भन्नेमा रास्वपाको कुनै अवरोध नहुने बताएका छन् । उनले प्रमुख तलहरु मिलेर समितिको अधिकार क्षेत्र तोक्दा आफूलाई फरक नपर्ने बताएका छन् ।

अब सोमबार बिहान ११ बजे अघि नै समिति गठन गरिसक्न कांग्रेसले सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।

थप समाचार-

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधानमन्त्रीको अफर किन गरेको ?

कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  १० : ११ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने