कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी | Khabarhub Khabarhub

कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणले अप्ठेरो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रजातन्त्रिक गठबन्धनका लागि डा. स्वर्णिम वाग्लेलाई दूतका रुपमा नेपाली कांग्रेसकहाँ पठाएको दाबी महामन्त्री गगन थापाले गरेका छन् ।

उनले संसद् भवन नयाँबानेश्वरमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री लामिछानेलाई जवाफ दिएका हुन् ।

जवाफ दिने क्रममा थापाले नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको अहिलेको गठबन्धन छाडेर कांग्रेससँग मिल्ने गरी स्वर्णिमलाई दूतका रुपमा पठाएको खुलासा गरेका हुन् ।

‘दुई दिनअघि एकजनालाई उहाँले डेमक्रेटिक एलायन्स बनाउन भन्दै दूतका रुपमा पठाउनु भयो’, थापाले भने, ‘यसपहिले कांग्रेसमा रहेका ती नेता हाम्रा नेताका घरघरमा प्राजतन्त्रिक गठबन्धन बनाउन हामी खुला छौँ भनेर आउनु भएको थियो । यहाँभन्दा धेरै म भन्दिनँ ।’

उनले पत्रकार सम्मेलनका क्रममा स्वर्णिम वाग्लेको नाम लिएनन् तर उनी दुई दिनअघि आएको भने बताए । ‘उहाँले कांग्रेस नेताहरूसँग हामीलाई एमालेसँगै टाँसिने नबाइदिनुस् भन्नु भयो’, उनले भने, ‘सहकारीमा धेरै नपेल्नुस्, भित्तामा नपुर्‍याउनुस् भनेर आग्रहसहित कांग्रेससँग मिल्ने कुरा गर्नु भयो ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ५८ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी