कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी « Khabarhub

कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणले अप्ठेरो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रजातन्त्रिक गठबन्धनका लागि डा. स्वर्णिम वाग्लेलाई दूतका रुपमा नेपाली कांग्रेसकहाँ पठाएको दाबी महामन्त्री गगन थापाले गरेका छन् ।

उनले संसद् भवन नयाँबानेश्वरमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री लामिछानेलाई जवाफ दिएका हुन् ।

जवाफ दिने क्रममा थापाले नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको अहिलेको गठबन्धन छाडेर कांग्रेससँग मिल्ने गरी स्वर्णिमलाई दूतका रुपमा पठाएको खुलासा गरेका हुन् ।

‘दुई दिनअघि एकजनालाई उहाँले डेमक्रेटिक एलायन्स बनाउन भन्दै दूतका रुपमा पठाउनु भयो’, थापाले भने, ‘यसपहिले कांग्रेसमा रहेका ती नेता हाम्रा नेताका घरघरमा प्राजतन्त्रिक गठबन्धन बनाउन हामी खुला छौँ भनेर आउनु भएको थियो । यहाँभन्दा धेरै म भन्दिनँ ।’

उनले पत्रकार सम्मेलनका क्रममा स्वर्णिम वाग्लेको नाम लिएनन् तर उनी दुई दिनअघि आएको भने बताए । ‘उहाँले कांग्रेस नेताहरूसँग हामीलाई एमालेसँगै टाँसिने नबाइदिनुस् भन्नु भयो’, उनले भने, ‘सहकारीमा धेरै नपेल्नुस्, भित्तामा नपुर्‍याउनुस् भनेर आग्रहसहित कांग्रेससँग मिल्ने कुरा गर्नु भयो ।’

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ७ : ५८ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि