शीतल र न्यानो दिने एसीका अनेक बेफाइदा ! | Khabarhub Khabarhub

शीतल र न्यानो दिने एसीका अनेक बेफाइदा !

छालादेखि मुटुसम्म असर


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले जलवायु परिवर्तनका कारण विश्वभर नै तापक्रम बढिरहेको छ । प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ । जसको अनुभव अहिले हामीले गरिरहेका छौं । वर्षा कम हुन थालेको छ भने गर्मी बढ्ने क्रम जारी छ । अहिले पहाडी भूभागहरूमा पनि तराईको जस्तै गर्मी हुन थालेको छ ।

सुरु-सुरुमा अफिसहरूमा मात्र प्रयोग हुने एसी (एअर कन्डिसनर) तातोले हपहपी बनाउँदा अचेल घर, कार, बस जस्ता अनेक ठाउँमा प्रयोग हुन थालेका छ । यसको प्रयोग दिन-प्रतिदिन बढ्दो छ ।

पहिले बालबालिकाहरू घरबाहिर खुला हावा बहने स्थानमा खेल्ने गर्थे । तर, अचेल बालबालिकाहरू घरभित्र एसीको चिसो हावा खाँदै मोबाइल गेममा व्यस्त हुन थालेका छन् । धेरै गर्मी होस् अथवा कम ! मानिसलाई एसीमा बस्ने बानी परेको छ ।

तर यो बानीले केही क्षण आनन्द अनुभूति भए पनि स्वास्थ्यमा भने दीर्घकालीन समस्या निम्त्याउने सम्भावना अधिक हुने चिकित्सक बताउँछन् ।

एसीले हाम्रो स्वास्थ्यमा पार्ने असर
एसीले हामीलाई आराम प्रदान गरे पनि स्वास्थ्यमा विभिन्न नोक्सान पनि पुर्‍याइरहेको हुन्छ । यसले उत्पन्न गर्ने हाम्रो वरपरको बनावटी तापक्रमले रोग प्रतिरक्षा प्रणालीलाई समेत नराम्रो असर पुर्‍याउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

स्वासप्रस्वास रोग विशेषज्ञ डा. रवि महत एसीले कोठाको तापक्रमलाई घटाउने र बढाउने काम गरी वातानुकूलित बनाउँछ । गर्मी महिनामा शीतलता प्रदान गर्छ भने जाडो मौसममा न्यानो बनाउँछ । जसले गर्दा गर्मीका कारण हुने प्रत्यक्ष असरबाट जोगाउँछ र हाम्रो दैनिकीलाई सहज त बनाउँछ । तर यसका नराम्रा पक्षहरू पनि छन् ।

छालामा समस्या
एसीको निरन्तर प्रयोगले हाम्रो शरीरभित्र मात्र नभई छालालाई पनि हानि पुर्‍याउँछ । तापक्रम धेरै चिसो बनाउँदा हावा सुख्खा हुन्छ । जसले गर्दा आँखा र छालामा सुख्खापन ल्याउँछ, नाक सुख्खा भए जस्तो हुन्छ ।

स्वासप्रश्वासमा समस्या
दम लगायत स्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूलाई एसीको हावाले अझ समस्या निम्त्याउन सक्छ । धेरैबेर एसीमा बस्दा स्वस्थ व्यक्तिलाई पनि छातीमा समस्या देखिने सम्भावना रहन्छ ।

मुटुमा समस्या
तातोबाट एकैचोटी एसीले बनाएको कृत्रिम चिसोमा जाँदा वा चिसोमा बसेर बाहिर तातोमा निस्किँदा मुटुको समस्या भएका बिरामीहरूलाई असर गर्ने गर्दछ ।

जलवियोजन
एसीमा लामो समयसम्म बस्दा पनि डिहाइड्रेसन (जलवियोजन) को समस्या हुन सक्छ । गर्मीमा यस समस्याबाट आफूलाई जोगाउन निकै जरुरी हुन्छ ।

एलर्जी राइनाइटिस
एलर्जी राइनाइटिसको मुख्य कारण एसीमा धेरै समय बिताउनु हो । यही कारणले गर्दा एसीमा लामो समयसम्म बस्नबाट जोगिनुपर्छ ।

संक्रामक रोगको जोखिम
लामो समयसम्म एयर कन्डिसनरमा बस्दा संक्रमणको जोखिम धेरै गुणा बढ्न सक्छ । अहिले सरुवा रोगहरूको प्रकोप बढ्दो छ । यस्तो अवस्थामा संक्रमित र स्वस्थ व्यक्तिहरू एउटै बन्द कोठामा एसी चलाएर बस्दा एसीले भित्र कोठामै भएको हावालाई सङ्कलन गरेर बाहिर फाल्ने हुँदा हावासँगै विभिन्न किटाणुहरू पनि हावासंगै आउने हुँदा संक्रामक रोगहरू एक अर्कामा सार्ने सम्भावना धेरै हुन्छ ।

यी बाहेक एसीका कारण कसै-कसैलाई चक्कर आउने, टाउको दख्ने, बान्ता आउने जस्ता समस्याहरू पनि देखिन सक्छ । एसीमा एक प्रकारको ब्याक्टेरिया हुन्छ- जसलाई लेजियोलेना भनिन्छ ।

लेजियोलेना विशेषगरी ठूला भवनहरू; जहाँ धेरै मानिसहरूको आवतजावत हुन्छ- त्यस्तो ठाउँमा हावाभित्रै घुमिरहन्छ । त्यसबाट अन्य संक्रमणहरू पनि फैलन सक्ने जोखिम धेरै हुन्छ । त्यसैले धेरै भीडभाड हुने ठाउँका एसीहरू समय-समयमा सफा गर्ने गर्नुपर्दछ ।

स्वास्थ्यमा असर नपर्ने गरी एसी प्रयोग कसरी गर्ने ?
एसीलाई धेरै कम तापक्रममा पनि नराख्ने, आफ्नो शरीररलाई सन्तुलन हुने खालको तापक्रम अर्थात्‌ २० डिग्री भन्दा कम हुनु हुँदैन ।
समय समयमा एसीको सरसफाइ तथा मर्मत गर्ने ता कि त्यसमा धुलोको कणहरू जम्न नपाओस् !

लामो समयसम्म एसीमा नबस्ने, केही समय चलाउने एकछिन बन्द गर्ने गर्नुपर्छ । भेन्टिलेटरहरू खुला राखी त्यहाँबाट प्राकृतिक हावा कोठाभित्र पस्न दिनुपर्छ । झ्याल तथा ढोकाहरू समय समयमा खोल्ने गर्नुपर्छ । यसो गर्दा एसीको प्रत्यक्ष असरबाट बच्न सकिन्छ ।

(स्वासप्रस्वास रोग विशेषज्ञ डा. रवि महतसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : ३२ बजे

आज २०८१ साल असार १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १३ गते बुधबार तदनुसार

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका