आज २०८१ साल असार ५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असार ५ गते बुधबारको राशिफल


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार ५ गते बुधबार तदनुसार सन् २०२४ जुन १९ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : खानपानमा समस्या हुनसक्छ। पौष्टिक आहारको अभाव हुनेछ। साथीलाई समय दिन नसक्दा मन अशान्त हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षाबाट सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

वृष : समय राम्रो छ। न्यायपूर्वक गरेको लगानीको उचित मूल्यांकन हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। स्वदेशकै लगानीमा मन जानेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : संघर्ष गर्नुपर्ने दिन छ। समस्याको समाधान संघर्षबाट नै हुनेछ। लगानीमध्ये शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। साथी दाहिना भएकाले दिन रमाइलो बन्नेछ।

कर्कट : विश्वास गरेका पात्रबाट धोका हुनेछ। मन अशान्त हुनेछ। घरजग्गा सम्बन्धी कारोबारबाट नाफा हुनेछ। परिवारमा सहमति गर्नुभन्दा पहिला काम गर्नु राम्रो हुनेछ। परिवारमा छलफल गर्नु अगाडि नै कामको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

सिंह : सम्पत्तिको लोभले इज्जतमा खोट लाग्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : समय राम्रो छ। मन खुशी हुनेछ। थालेका काममा उत्साह मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा जोश र जाँगर बढ्नेछ। आम्दानीको अवसर प्राप्त हुनेछ। परिवारसँगको बसाइ रमाइलो बन्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ। समयमा लगानी गरेको क्षेत्रबाट राम्रो फाइदा हुनेछ। गुम्न लागेको धन हात लाग्ने योग छ। साथीबाट सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रबाट मान र सम्मान प्राप्त हुनेछ।

वृश्चिक : समय राम्रो छ। इच्छा अनुसारकै काम हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको विश्वास बढी गर्नाले खटपटी बढ्ने देखिन्छ।

धनु : समय रमाइलो छ। प्रतिस्पर्धा गर्ने साथीहरु शान्त छन्। न्याय पाउने योग छ। विपक्षीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारसँगको भेटले दिन रमाइलोसँग बित्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

मकर : समय चुनौतीपूर्ण छ। समस्याकै बिचमा समाधान खोज्नु राम्रो हुन्छ। अचानक धन खर्च हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारको लगानीबाट उन्नति हुनेछ।

कुम्भ : मन अशान्त हुनेछ। व्यवहारमा अवरोध हुनेछ। यसबाट बच्न जन्मकुण्डली हेरेर कामको सुरुवात गर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा व्यवहार सहज बन्नेछ। साथीले सहयोग गर्नेछन्।

मीन : समय राम्रो छ। आर्थिक उन्नति हुनेछ। घर व्यवहारबाट खुशी मिल्नेछ। साथीको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोगको चपेटामा पर्ने जोखिम देखिन्छ। आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : ०० बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री