बागमतीसहित चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमा ठूलो पानी पर्ने « Khabarhub

बागमतीसहित चार प्रदेशमा वर्षा, कोशीका केही स्थानमा ठूलो पानी पर्ने


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको  छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : १४ बजे

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको