युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी | Khabarhub Khabarhub

युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा समूह डी अन्तर्गतको खेलमा चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरेका थिए । एक गोल भने चेक रिपब्लिकबाट आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । चेक रिपब्लिकका लुकास प्रोभोडले एक गोल गरेका थिए ।

खेलको ६२औँ मिनेटमा चेक रिपब्लिकका लुकासले सुरुवाती गोल गरेका थिए । तर ६९औँ मिनेटमा रिपब्लिकका रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल र चेक रिपब्लिकको १–१ को बराबरी हुन पुग्यो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पोर्चुगलका फ्रान्सिस्कोले एक गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै तीन अंक जोड्दै पोर्चुगल समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । गोल अन्तरका आधारमा टर्की शीर्षस्थानमा छ ।

यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमानी बनाएका छन् । रोनाल्डोले सन् २००४ देखि युरोकपमा लगातार छौठौँपटक सहभागी भएका हुन् ।

पोर्चुगल र चेक रिपब्लिकको यो खेलसँगै युरोकपका ६ समूहको पहिलो चरणको खेल सकिएको छ ।

यो पनि…
युरोकपमा जर्जियालाई हराउँदै टर्कीको जित

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’