वेस्ट इन्डिजको चर्चा योग्य ब्याटिङ लाइन | Khabarhub Khabarhub

वेस्ट इन्डिजको चर्चा योग्य ब्याटिङ लाइन


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

क्योरबीयन क्षेत्र रक सङ्गीतका लागि चर्चित छ। यो क्षेत्र एथलेटिक्सको स्प्रिन्ट र मिडिल स्प्रिन्ट विधामा उत्कृष्ट क्षेत्रको रूपमा सन् २००० यता आफ्नो भिन्न परिचय बनाउन सफल भएको थियो। त्यसै क्षेत्र कुनै समय विश्व क्रिकेटको एकल बादशाह मानिन्थ्यो।

एक दिवसीय विश्वकपको सुरुवाती दुई संस्करणको विजेता वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा भारतसँग पराजित हुँदा यसले संसारलाई नै आश्चर्यमा पारेको थियो। वेस्ट इन्डिज तेज फास्ट बलरका कारण पनि विश्व क्रिकेटको चासोको विषय बनेको थियो।

सन् १९९० को दशकमा वेस्ट इन्डिजको क्रिकेट शैली र परिचयमा पनि केही परिवर्तन भएका छन्। कुनै समय ब्रायन्ड लाराको ‘सुपर ब्लास्ट ’ ब्याटिङका कारण चर्चामा रहेको वेस्ट इन्डिज टोली त्यस पछिको समय क्रिश गेल र आन्द्रे रसेलको ग्ल्यामरस ब्याटिङका कारण संसारका लागि आकर्षण बनेको थियो। यो शैली धेरै ओभरको भन्दा छोटो ओभरको क्रिकेटमा अझ धेरै प्रभावकारी बनेको छ।

जारी विश्वकप क्रिकेटमा बलरहरू हाबी भएका छन्। ब्याट्सम्यानलाई रनको गति बढाउन होइन क्रिजमा टिकी रहन पनि कठिन भएको छ। वेस्ट इन्डिज भने त्यही शैलीमा छ। अरू होइन रसिद खानको नेतृत्वमा रहेको बलियो अफगान आक्रमणको विरुद्धमा वेस्ट इन्डिजले ब्याटिङ देखाएको छ। त्यसो त टी २० विश्वकपको विगतलाई हेर्ने हो भने कार्लोस ब्राथह्वाइटले संसारमै परिचित र स्टार अलराउण्डर कार्लोस ब्राथ ह्वाइटलाई लगातार ४ छक्का प्रहार गरेर हातैबाट इङ्गल्यान्डको उपाधि खोसेको क्षण धेरैलाई अझै याद छ।

टी–२० विश्वकपको पहिलो खेल ११ सेप्टेम्बर २००७ मा भएको थियो। पहिलो खेलमा नै दुवै टोली वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले २०० रनको आँकडा पार गरेका थिए। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले बनाएको २०५ रनको जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १७ दशमलव ४ ओभरका दुई विकेटको क्षतीमा २०८ रन बनाएको थियो। सो खेलमा हर्सल गीब्सले ५५ बलमा ९० तथा जस्टिन केम्पले २२ बलमा ४६ रन प्रहार गरेका थिए। खेलका म्यान अफ द म्याच भने पराजित वेस्ट इन्डिजका क्रिश गेल भएका थिए। उनले ५७ बलमा ११७ रन प्रहार गरेका थिए। सो खेलमा गेल नै म्यान अफ द म्याच घोषित भएका थिए।

यो क्रम जारी विश्वकपको अमेरिका र वेस्ट इन्डिजबिचको समूह चरणको अन्तिम खेलमा पनि देखिएको थियो। वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेर ५ विकेटको क्षतीमा २१८ रन बनाएको थियो। सो खेलमा निकोलास पूरणले ५३ बलमा ९८ रन प्रहार गरेका थिए।

निकोलास पूरण ।

यस जारी विश्वकपमा ३८ खेलको समाप्तिमा रन रेट ६ दशमलव ७१ छ। हरेक १७ दशमलव ८१ को रनको दरमा विकेट गिरी रहेका छन्। ८ दशमलव १ बलको दरमा चौका या छक्का प्रहार भएका छन्। यो पनि सबै भन्दा कम हो।

शीर्ष क्रमका ब्याट्सम्यान असफल भएका छन्। अमेरिकी पिचमा सिम बलर रमाइरहेका छन्। वेस्ट इन्डिजका पिचमा त्यसै गरी स्पिनर छाइ रहेका छन्। अमेरिकाको डालासमा सिम बलरको इकोनोमी ५ दशमलव ९४ थियो। टी– २० नै भए पनि डट बल र मेडन ओभर सामान्य भएका छन्। पपुवा न्युगीनीसँगको खेलमा न्युजील्यान्डका लुक्की फर्गुसनले लगातार चार ओभर नै मेडन फ्याके। नेपालसँगको खेलमा बङ्गलादेशका तान्जीक हसनले २१ डट बल फ्याकेका थिए। फर्गुसनले चार मेडन ओभर फ्याँक्नु अघि सानै कीर्तिमान थियो।

टी-२० विश्वकपका सुरुका ८ संस्करणमा १२० भन्दा कम योगफल खडा गरेर पनि यसलाई जोगाएर जित पाउन सफल टोली श्रीलङ्का मात्र थियो। सन् २०१४ मा न्युजिल्यान्ड विरुद्धको खेलमा यो सफलता पाएको थियो।

यो भन्दा पहिला भारतले पाकिस्तानसँगको खेलमा यो सफलता पाएको थियो। अर्को खेलमा दक्षिण अफ्रिकाले बंगलदोशसँगको खेलमा यस्तै सफलता पायो। त्यसको ५ दिन पछि नेपालसँगको खेलमा पनि दक्षिण अफ्रिकाले यस्तै सफलता पाएको थियो। १०६ रनको योगफलको खडा गरेको बङ्गलादेशले नेपाललाई २१ रनले हराएको थियो। १०० भन्दा कम रनमा अलआउट भएको १२ पटक भएको छ। यो आफैमा एउटा कीर्तिमान हो।

यस बिचमा वेस्ट इन्डिज र निकोलस पुरणको ब्याटिङले ल्याएको यो तरङ्ग साँच्चै महत्त्वपूर्ण छ। वेस्ट इन्डिजको टोलीमा आन्द्रे रसेल पनि छन्। आन्द्रे रसेल तीनै खेलाडी हुन् जसको उत्कृष्ट प्रदर्शनले कोलकाताले गत महिना भारतमा संसारकै लोकप्रिय फ्रेन्चाइज लिग आइपिएलको उपाधि जितेको थियो।

यस संरचनाको सबै भन्दा लोकप्रिय फ्रेन्चाइज आइपिएलमा त वेस्ट इन्डियनको भूमिका अझ बढी छ। धेरैले गेललाई सर्बकालीन उत्कृष्ट खेलाडीको रूपमा हेर्ने गरेका छन्। परन्तु चेन्नाइ सुपर किङ्सको सफलतामा सबै भन्दा धेरै योगदान गर्ने अलराउण्डर ड्वान ब्राभोलाई आइपिएलको सबै भन्दा सफल खेलाडीको रूपमा हेर्ने पनि गरेका छन्। ब्राभो हिटर ब्याट्सम्यानको साथै डेथ ओभरका उत्कृष्ट बलर थिए।

मुम्बईलाई उपाधि जिताउने क्रममा मध्य क्रमका हिटर किरोन पोलार्ड फ्यान पनि त्यत्तिकै थिए। यी एक से एक हिटर भएको वेस्ट इन्डियनको एउटै पारीले विश्वकपको दिशा र सबै टोलीको माइन्ड सेट नै पनि गर्न सक्ने छ।


स्रोतः क्रिक इन्फो

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : २४ बजे

सुडानका युद्धरत पक्षहरू भोकमरीलाई हतियारका रूपमा प्रयोग गर्दैछन् : संयुक्त राष्ट्रसङ्घ

जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ