एकल महिलालाई बाख्रा वितरण « Khabarhub

एकल महिलालाई बाख्रा वितरण


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार उनीहरूलाई एक–एक वटाका दरले बाख्रा वितरण गरिएको हो । पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने छ ।

ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ । यो प्रक्रिया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ ।

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताइन् ।

आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रापालन व्यवसायलाई स्वरोजगारमुखी रूपमा अपनाउन पनि उनले सुझाव दिइन् ।

उपाध्यक्ष लामिछानेले व्यावसायिक रूपमा पशुपालन गर्ने किसानलाई पालिकाले विभिन्न अनुदानसमेत वितरण गर्दै आएका बताइन् ।

बाख्रा वितरणका लागि चालु आर्थिक वर्षमा पाँच लाख विनियोजन गरिएको थियो । कार्यक्रमको प्रभावकारिता र यसले महिलाहरूको जीवनस्तरमा सुधार भएमा आगामी वर्षदेखि रकम थप गरिने पालिकाले जनाएको छ ।

मोदी गाउँपालिकाका देउराली, भुकताङ्ले, क्याङ, राम्जादेउराली, चित्रेलगायत स्थानमा चरन क्षेत्र प्रशस्त रहेकाले व्यावसायिक रूपमा बाख्रापालन गर्न सहज छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको