पाका कलाकारका चित्र एक साथ प्रदर्शनी « Khabarhub

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् ।

बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।

सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ ।

कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठ गरी २५ जना पाका कलाकारका सिर्जना राखिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन