पाका कलाकारका चित्र एक साथ प्रदर्शनी | Khabarhub Khabarhub

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् ।

बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।

सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ ।

कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठ गरी २५ जना पाका कलाकारका सिर्जना राखिएका छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ११ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै