विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए | Khabarhub Khabarhub

विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग रामहरिले संसद्‍मा उठाए


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको प्रसंग संसद्‍मा उठाएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको कुरा उठाएका हुन् ।

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ खतिवडाले भने, ‘राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’

संविधानमा भएको व्यवस्थाबमोजिम सरकारले जवाफ दिनुपर्ने पनि खतिवडाले माग गरे।

सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको चर्चाबारे पनि संसद्मा उठाएका छन्।

‘अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी चालेको छ । कानुनी प्रक्रिया नपुर्‍याइ नियुक्ति अगाडि बढाइयो भन्ने आएको छ। कानुन पालन गर्ने पद्धतिको विकास होस,’ उनले भने।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ३२ बजे

कर्णाली प्रदेशको बेरुजु फर्छ्यौट सुध्रियो

सुर्खेत– महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार २०७५ साल यता

हवाई सेवा र नागरिक उड्डयन विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

काठमाडौं– प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल

‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले जनतामा देखिएको

जेनेभामा भएको स्वास्थ्यमन्त्रीहरुको बैठकमा मन्त्री पौडेलको सम्बोधन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका

प्रधानमन्त्रीले दिए टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस