पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन « Khabarhub

पुटिन र किमबीच दुई घण्टा लामो वार्ता : युक्रेनमाथि रुसी आक्रमणको समर्थन


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ ऊनबीच प्योङयाङमा दुई घण्टा लामो वार्ता भएको छ ।

भ्लादिमिर पुटिन बुधवार उत्तर कोरिया उत्रिँदा उनको भब्य स्वागत भएको थियो ।

स्वागत समारोहपछि बाद राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच एक्ला एक्लै दुई घण्टा लामो वार्ता भएको छ ।

रुसी समाचर एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यी दुई नेताहरूबीच करिब दुई घण्टा लामो वार्ता भएको हो ।

किम जोङ्ग उनले वार्तापछि यूक्रेनमा रूसको अक्रमणको समर्थन गरेका छन् । रूसी एजेन्सी इन्टरफ्याक्सको एक रिपोर्ट अनुसार उनले उत्तर कोरियाको उद्धेश्य रुससँग रणनीतिक सहयोगलाई अझै बलियो बनाउनु रहेको बताएका छन् ।

पुटिनले दुवै देशबीच दशकौँ पुरानो मित्रताको जिकिर गरेका छन् । २४ वर्षपछि रूसका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । उनी सन् २००० मा पहिलो पटक राष्ट्रपति हुँदा उत्तर कोरिया पुगेका थिए ।

रूसी मीडिया आरआईएको रिपोर्ट अनुसार दुवै नेताहरूले व्यापक रणनीतिक साझेदारी र सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पुटिनका सल्लाहकार युरी उशाकोभोले मंगलबार यसबारेमा सञ्चारमाध्यमलाई बताएका छन् । तर अहिलेसम्म दुवै पक्षले सम्झौतामा उल्लिखित कुराको विस्तृत विवरण खुलाएका छैनन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १६ बजे

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको