नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी  « Khabarhub

नाउपा निकट पत्रकारको संगठन गठन, अध्यक्षमा दानी 


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी निकट पत्रकारहरूको संगठन गठन भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा अश्विन दानीको नेतृत्वमा ‘नागरिक पत्रकार समाज’ नामक ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । 

कमिटीले तत्काल अर्को बैठकमा प्रथम महाधिवेशन तथा विद्यान अधिवेशनको मिति तोक्ने र संगठनको बिस्तार गर्ने संयोजक दानीले बताए । 

पार्टी अध्यक्ष चौधरीले सबैलाई बधाई तथा शुभकामना प्रदान गर्दै पेशागत धर्म निभाउँदै पार्टीको निती, विधान र सिद्धान्त अनुसार काम गर्न निर्देशन दिएकी थिइन् । 

उक्त कार्यक्रममा नाउपाका उपाध्यक्ष शिव कुमार बास्तोला, राजेश अधिकारी, केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी, पार्टी केन्द्रिय सदस्य जीवन यादव, केन्द्रिय सदस्य तीर्थ बोहोरा, बागमती प्रदेश कमिटी संयोजक डिवि तामाङ,  लगायत पार्टीका प्रदेश कमिटीका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ४ : १९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको