नेपालमा पहिलो पटक सहकारी रोजगार मेला हुँदै « Khabarhub

नेपालमा पहिलो पटक सहकारी रोजगार मेला हुँदै


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला २०८१ संचालन गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले यही असार ७ देखि ९ गतेसम्म मेला संचालन हुने बताएको हो । मेला संचालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको  छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मूल नारा साथ रोजगार मेला सञ्चालन हुने सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्ले बताएकी छन् । रोजगारदाता र रोजगारीको खोजीमा रहेकालाई यस मेलाले पुलको काम गर्ने उनको भनाई छ ।

मेलामा युवा तथा विद्यार्थीहरूलाई सहकारी क्षेत्रमा रोजगारीको अवसरबारे जानकारी दिई सहजीकरण गर्ने र आवश्यक जनशक्ति चाहिरहेका सहकारीहरूलाई पनि मेलाले दक्ष जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ ।

अहिलेसम्म सहकारी क्षेत्रमा १ लाख बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने १० लाख बढी स्वरोजगार बनी सकेका छन् ।

स्वदेशमै युवाहरूलाई स्वरोजगार बनाउन र सहकारी क्षेत्रमा दक्ष कर्मचारीहरूलाई भित्र्याउने मेलाको प्रमुख उद्देश्य रहेको छ । स्टार्टअप र साना व्यवसायमार्फत स्वरोजगार बन्न चाहनेहरूका लागि मेला नेटवर्किङको काम गर्ने पनि महासंघले जनाएको छ ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँइले सहकारी क्षेत्रमा भएका कर्मचारीहरू सबै दक्ष सहकारी बुझ्ने नभएका कारण पनि सहकारी क्षेत्रमा समस्या रहेको बताएका छन् ।

‘अहिले सहकारी क्षेत्रमा संलग्न सबै कर्मचारीहरू दक्ष नभएको हो की भन्ने महसुस भएको छ, त्यसैले हामीले यस मेलामा दक्ष जनशक्तिको पनि विशेष खोजी रहने छ,’ उनले भने ।

सहकारी क्षेत्रमा समस्याहरू मात्र नभई काम गर्न चाहनेहरूका लागि ठुलो अवसर पनि रहेको महासंघको भनाई छ । यस मेलाले सहकारी क्षेत्रको आकार कत्रो छ ? सहकारी क्षेत्रमा भएका चुनौती र अवसरहरूको बारेमा स्पष्ट जानकारी पनि दिइने बताएको छ ।

मेलाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने कार्यक्रम रहेको छ । यस मेलामा ३५ स्टलहरू रहने छन् ।

रोजदाताहरूका देखि लिएर सहकारीमार्फत नै उद्यमी बनेकाहरूका उत्पादनहरूलाई यस मेलामा स्थान लिइएको छ ।

मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेका युवाहरूका लागि क्युआर स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था पनि रहेको छ । निःशुल्क प्रवेश गरिएको यस मेलामा ५ सय भन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
यस मेलामा १५ लाख खर्च हुन महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ५ : ०० बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख