संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि… « Khabarhub

संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि…


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनदेखि निरन्तर आन्दोलित संघीय संसद् सचिवालयका कर्मचारीहरूले बुधबार नयाँ प्रयोग गरे ।

केही दिनदेखि निरन्तर आन्दोलित उनीहरूले कार्यालय समयबाहेकमा काम गर्न नसक्ने जनाउँदै आएका छन् ।

यस्तोमा बुधबार संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण प्रतिनिधिसभा बैठक स्थगित गर्नु परेको छ ।

बुधबार कार्यालय समय सकिएपछि पनि प्रतिनिधि सभा बैठक जारी थियो ।

तर कार्यालय समयबाहेकमा काम गर्न अस्वीकार गरिरहेका संसद् सचिवालयका कर्माचारीहरूले प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेको मात्रै अनुहार प्रत्यक्ष प्रसारणमा देखाइरहे ।

कर्माचारीहरूले सभामुख घिमिरेको मात्रै अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरिरहेपछि सांसदहरूले आपत्ति जनाए ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमा छलफल चलिरहेका बेला प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाएकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका विषयलाई हटाउँदै बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बोलाइएको जानकारी सभामुखले दिए ।

सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे मागसहित गत जेठ ३० गतेदेखि आन्दोलन गर्दै आएको छ ।

आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाइरहेका छन् । यसअघि उनीहरूको मागबारे छलफल पनि भएको थियव ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवबीच छलफल भए पनि कुरा मिलेको छैन ।

तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा छन् । उनीहरूले यही आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका थिए ।

विभिन्न १९ बुँदे माग राखेका उनीहरूले यही असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलनको चेतावनी दिएका छन् । संसद् सचिवालयमा ३९० कर्मचारी कार्यरत छन् ।

भिडियो

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : ४६ बजे

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन