पाँच महिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिकाले बेवास्ता गरेपछि तनावमा थिए अजित « Khabarhub

पाँच महिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिकाले बेवास्ता गरेपछि तनावमा थिए अजित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ निवासी २२ वर्षीय जवान अजित गोलेले सुरक्षाका लागि प्रयोग गर्दै आएको इन्सास राइफलले आफ्नै निधारमा गोली हानेर ज्यान गएको अवस्थामा शव भेटिएको थियो ।

संसद् भवनको २ नम्बर गेट सुरक्षाका लागि तैनाथ उनी इन्सास बोकेरै शौचालय छिरेका थिए । बुधबार बिहानै ६ बजेदेखि १० बजेसम्मको ड्यूटीमा रहेका उनी ८ बजे आसपास शौचालय छिरेका थिए ।

शौचालय छिरेपछि उनले त्यहीँबाट दुबईमा रहेकी प्रेमिकासँग भिडियो कलमा कुराकानी गरेको एकजना प्रहरी अधिकारीले बताए । उनका अनुसार ५ महिनाअघि इन्गेजमेन्ट गरेर दुबई गएकी प्रेमिकासँग भिडियो कलमा कुरा गरेकै अवस्थामा उनले इन्सास राइफाल भुइँमा ठड्याएर आफ्नो निधारमा गोली हानेका खुलेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएइपछि आफैंलाई गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा आएको तनावका कारण आफैंलाई गोली हानेको पाइएको छ’, उनले भने, ‘दुबईमा रहेकी आफन्तसँग उनको विवाद भएको देखिन्छ । तर, अनुसन्धान चलिरहेकाले विस्तृत विवरण आउन बाँकी छ । उनको मोबाइल र शव पनि परीक्षणका क्रममा रहेकाले प्रतिवेदन आएपछि विस्तृत खुल्ने छ।’

प्रहरीको अनुसन्धानअनुसार प्रेमिकाले विदेश गएपछि प्रेमिकाले आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए ।

गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता कार्कीका अनुसार नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । ती म्यासेजका आधारमा प्रहरीले प्रेमिकासँग गोलेको गम्भीर विवाद रहेको जनाएको छ ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

शौचालयभित्र गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मी हेर्न पुगेका थिए । त्यहाँ उनी गोली लागेर मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनले प्रयोग गर्ने मोबाइल पनि प्रहरीले परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : २४ बजे

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग