पाँच महिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिकाले बेवास्ता गरेपछि तनावमा थिए अजित « Khabarhub

पाँच महिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिकाले बेवास्ता गरेपछि तनावमा थिए अजित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद्को सुरक्षार्थ खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ निवासी २२ वर्षीय जवान अजित गोलेले सुरक्षाका लागि प्रयोग गर्दै आएको इन्सास राइफलले आफ्नै निधारमा गोली हानेर ज्यान गएको अवस्थामा शव भेटिएको थियो ।

संसद् भवनको २ नम्बर गेट सुरक्षाका लागि तैनाथ उनी इन्सास बोकेरै शौचालय छिरेका थिए । बुधबार बिहानै ६ बजेदेखि १० बजेसम्मको ड्यूटीमा रहेका उनी ८ बजे आसपास शौचालय छिरेका थिए ।

शौचालय छिरेपछि उनले त्यहीँबाट दुबईमा रहेकी प्रेमिकासँग भिडियो कलमा कुराकानी गरेको एकजना प्रहरी अधिकारीले बताए । उनका अनुसार ५ महिनाअघि इन्गेजमेन्ट गरेर दुबई गएकी प्रेमिकासँग भिडियो कलमा कुरा गरेकै अवस्थामा उनले इन्सास राइफाल भुइँमा ठड्याएर आफ्नो निधारमा गोली हानेका खुलेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएइपछि आफैंलाई गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।

‘प्रारम्भिक अनुसन्धानमा प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा आएको तनावका कारण आफैंलाई गोली हानेको पाइएको छ’, उनले भने, ‘दुबईमा रहेकी आफन्तसँग उनको विवाद भएको देखिन्छ । तर, अनुसन्धान चलिरहेकाले विस्तृत विवरण आउन बाँकी छ । उनको मोबाइल र शव पनि परीक्षणका क्रममा रहेकाले प्रतिवेदन आएपछि विस्तृत खुल्ने छ।’

प्रहरीको अनुसन्धानअनुसार प्रेमिकाले विदेश गएपछि प्रेमिकाले आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए ।

गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता कार्कीका अनुसार नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । ती म्यासेजका आधारमा प्रहरीले प्रेमिकासँग गोलेको गम्भीर विवाद रहेको जनाएको छ ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

शौचालयभित्र गोली पड्केको आवाज सुनेपछि त्यहाँ खटिएका अन्य सुरक्षाकर्मी हेर्न पुगेका थिए । त्यहाँ उनी गोली लागेर मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनले प्रयोग गर्ने मोबाइल पनि प्रहरीले परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : २४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको