बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा « Khabarhub

बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बढ्दो सैन्य खर्चका कारण पाकिस्तानमा आर्थिक संकट उत्पन्न भएको पाइएको छ । पाकिस्तानी सेनाले पछिल्लो समय गैरजिम्मेवार हिसाबले गर्दै आएको रक्षा उपकरणको खरिद एवम् सैन्य अधिकारीहरुको विदेश भ्रमणका कारण पाकिस्तानको आर्थिक अवस्था दयनीय बन्न पुगेको अल अरबिया पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सार्वजनिक ऋण ६७० खर्ब पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ । पाकिस्तानी सेनाले टर्की, चीनजस्ता मुलुकबाट उच्च मूल्यमा रक्षा सामग्रीको खरिद गर्दै आएको छ ।

त्यसबाहेक सैन्य अधिकारीको विदेश भ्रमणका कारण पनि ठूलो परिमाणमा राष्ट्रिय ढुकुटी रित्तिरहेको देखिन्छ । गत वर्ष पाकिस्तानी सेनाले ८ अर्ब ५२ करोड अमेरिकी डलर खर्च गरेको थियो भने यस वर्ष त्योभन्दा धेरै खर्च गर्ने अनुमान गरिएको छ ।

स्विडेनस्थित स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०११ मा पाकिस्तानको सैन्य खर्च कुल ग्राहस्थ उत्पादनको ३ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०२० मा यो बढेर ४ प्रतिशत पुगेको थियो । विश्वमा औसत रक्षा खर्च कुल ग्राहस्थ उत्पादनको २ दशमलब ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ३३ बजे

मुगुमा मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल बन्ने, ३० लाख बजेट विनियोजन

मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो

मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही– मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु

यूएईमा ट्रकले २८ सवारीसाधनलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा एक ट्रकले नियन्त्रण गुमाएर

तनहुँमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बलेरो जिप दुर्घटना हुँदा चालकसहित

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, पाँच घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा