अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग « Khabarhub

अभिभावकविहीन बालबालिकालाई आठ लाख सहयोग


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

बागलुङ – क्यान्सर रोगका कारण आमा गुमाउँदा अभिभावकविहीन भएका दुई बालबालिकालाई रु आठ लाख सहयोग प्राप्त भएको छ ।

आमाको मृत्यु भएको र बाबा सम्पर्कविहीन बनेका बालबालिकालाई बागलुङ घर भई हाल अमेरिका बसोबास गर्दै आएका नेपालीको सक्रियतामा अमेरिकाबाट रु आठ लाख सहयोग प्राप्त भएको हो ।

बागलुङ नगरपालिका–४ पाखाथरकी मीना आचार्यको क्यान्सर रोगबाट ग्रसित भई उपचारका क्रममा मृत्यु भएको थियो ।

हाल अमेरिका रहेका राजेन्द्र केसी, विपिन श्रेष्ठ र प्रकाश उपाध्यायको सक्रियतामा सङ्कलन भएको रु आठ लाख ८७ हजार छ सय ४२ मीनाका छोरा मनोज आचार्य र छोरी ममता आचार्यलाई हस्तान्तरण गरिएको छ ।

मीनालाई चार वर्ष अगाडि पाठेघरको क्यान्सर देखिएको थियो । उनको जायजेथासमेत बिक्री गरी दिदी भिनाजु र आफन्तले उपचार गरेका थिए । उनको उपचारमा रु १६ लाखभन्दा बढी खर्च भएको थियो ।

उपचारकै क्रममा थप रकम आवश्यक देखिएपछि हाल अमेरिकामा रहेका मीनाका छिमेकी राजेन्द्र केसी, प्रकाश उपाध्याय, उपल्लाचौरका विपिन श्रेष्ठले साथीहरुको सहयोग लिएर आर्थिक सङ्कलन सुरु गरेका थिए । तर, मीनाको निधन भएपछि उनका छोराछोरीको नाममा उक्त रकम बचत गरिदिने उद्देश्यले हस्तान्तरण गरिएको हो ।

उपचार र काजकिरियामा लागेको खर्च कटाएर सात लाख मनोज र ममताको नाममा नेपाल बैंकमा संयुक्त खाता खोली बचत गरिने दाताहरुले जनाएका छन् ।

मृतक मीनाका श्रीमान् मनि आचार्य दुई वर्षदेखि बेपत्ता छन् । क्यान्सरको उपचार गराइरहेकी श्रीमतीलाई छोडेर आचार्य बेपत्ता भएपछि परिवारमा थप सङ्कट देखिएको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : २५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो