फिल्म ‘लाज शरणम्’मा ‘सक्किगोनी’ टिमका कक्रोच किन अटाएनन् ? « Khabarhub

फिल्म ‘लाज शरणम्’मा ‘सक्किगोनी’ टिमका कक्रोच किन अटाएनन् ?


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिसिरियल ‘सक्किगोनी’ टिमले फिल्म ‘लाज शरणम्’ घोषणा गरेको छ । कमलपोखरीमा शुक्रबार एक कार्यक्रम आयोजना गरी फिल्ममा कुमार कट्टेल ‘जिग्री’को लेखन र निर्देशन रहने जानकारी दिइएको हो ।

सिरियलका मुख्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’ र कमणमणि नेपाल ‘खुपीका बाउ’ मुख्य भूमिकामा रहेको बताइएको छ । यस बाहेक यही फिल्ममार्फत वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ १२ वर्षपछि अभिनयमा फर्कंदैछन् ।

श्रेष्ठसहित नायक विजय बराल र नायिका माला लिम्बू ‘सक्किगोनी’ टिम बाहिरबाट अनुबन्ध भएको जानकारी दिइएको थियो । तर, सक्किगोनीमा मुख्य कलाकार हरिश निरौला ‘कक्रोच’ कार्यक्रममा अनुपस्थित थिए । अहिलेसम्मको अवस्थामा फिल्ममा उनको भूमिका नरहेको बताइएको छ ।

स्रोतका अनुसार कक्रोचका लागि तय भएको भूमिका विजय बरालले गर्ने भएका हुन् । त्यसपछि स्क्रिप्टमा उनको भूमिका छैन ।

कक्रोच आजको कार्यक्रममा अनुपस्थित भएकाले टिममा मनमुटाव भएको भन्ने शङ्का पैदा गर्छ । तर यो संयोग मात्रै भएको स्रोतको दाबी छ । उनी अनुपस्थित रहनुको कारण कार्यव्यस्तता नै रहेको स्रोत बताउँछ ।

स्रोत भन्छ, ‘सहमतिमै कक्रोचको रोल विजयलाई दिइएको हो । कक्रोचले निर्माण टिममै रहेर काम गर्ने सम्भावना छ ।’

यद्यपि निर्देशक कट्टेलले कलाकारहरूको लाइनअप अझै पूरा नभएको जानकारी दिएका छन् । उनले भने, ‘हामी बिस्तारै अन्य कलाकारहरूबारे पनि जानकारी दिँदै जानेछौं ।’

अर्थात्, कक्रोचको फिल्ममा अभिनय रहने सम्भावना अझै टरेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ४६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ