आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सहयोगीले झुक्याउने जोखिम छ। कुनै कामको सुरुवात गर्नु अगाडि सोच विचार गर्नुपर्ने दिन छ। व्यवसायमा मन अशान्त हुनेछ। परिवारको तर्फबाट शान्ति मिल्नेछ।

वृष : लगानीबाट फाइदा हुनेछ। साथीभाइ सकारात्मक छन्। सञ्चित धन खर्च गरेर आफ्नो भविष्य निर्माण गर्ने दिन हो। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

मिथुन : सोचेको काम बन्नेछ। इज्जतको प्रशंसा हुने योग छ। लगानीबाट वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : प्रतिस्पर्धामा अब्बल ठहर हुने दिन छ। गुरुबाट सहयोग मिल्नेछ। तपाईंको साथ महत्त्वपूर्ण हुन्छ। सामाजिक क्षेत्रमा भने झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ।

सिंह : कर्मको फल प्राप्त गर्ने योग रहेको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। यात्रामा भने सचेत हुनुपर्ने देखिन्छ। सामाजिक क्षेत्रमा सेवाको मौका मिल्नेछ।

कन्या : रमाइलो यात्राको योग छ। यो यात्राले दीर्घकालीन योजना बनाउने छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : मनमा शान्ति मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा मानसम्मान मिल्नसक्छ। परिवारको साथ मिल्नेछ। व्यवसायमा उन्नति हुनेछ।

वृश्चिक : तर्क गरेर जित्नुपर्ने दिन छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। जटिल भनिएको काम सहजै बन्नेछ।

धनु : आर्थिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमै सम्भावना देखिन्छ। परिवारमा भने विवाद हुने जोखिम छ। पढाइमा ध्यान दिनु राम्रो हुन्छ।

मकर : लामो समयदेखि रोकिएको काम बन्नेछ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा आफ्नो विरोध आफैंले सुन्नु पर्नेछ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। बढुवा हुनेछ। शब्दको जालमा फस्ने जोखिम हुनसक्छ। आफन्तले असहयोग गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मीन : दिन रमाइलोमा छ। गुरुबाट असहयोग हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : ०९ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई